birat ribon

युरोपा लिगमा चेल्सीको संघर्षपूर्ण जित, मोराटा बने नायक

Neuro
युरोपा लिगमा चेल्सीको संघर्षपूर्ण जित, मोराटा बने नायक

विराटनगर, असोज १९
युरोपा लिग क्लब फुटबल प्रतियोगितामा समूह चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा इंग्लिस क्लब चेल्सीले कठिन जित निकालेको छ । गत राति भएको खेलमा उसले पाहुना टोली भिडियाटोनमाथि १–० को कठिन जति निकालेको हो ।

cura insider

चेल्सीको घर स्टामफोर्ड ब्रीजमा भएको खेलमा ७०औं मिनेटमा भएको १ मात्रै गोल निर्णायक बन्यो । उक्त गोल चेल्सीका लागि अल्भारो मोराटाले गरेका थिए । सोही गोलको मदतमा चेल्सीले ३ अंक बटुल्यो ।

अब यो जितपछि चेल्सीले समूह ‘एल’ मा २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थान लिएको छ ।

jackson ribon