विराटनगर, असोज १९
युरोपा लिग फुटबल प्रतियोगितामा समूह चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा आर्सनलले शानदार जित निकालेको हो । गत राति अवे मैदानमा भएको खेलमा उसले क्वाराबागमाथि ३–० को जित निकाल्यो ।
आर्सनलले १ गोल पहिलो हाफमा गरेको थियो भने बाँकी २ गोल दास्रो हाफमा गरेको थियो । खेलको चौथो मिनेटमा सोकरातिसले गोल गरेर सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५३औं मिनेटमा इमेली रोएले गोल गर्दै अग्रता २–० बनाउँदा ७९औं मिनेटमा माटेओ गुइनडोउजीले गोल गरेर आर्सनललाई ३–० को जित दिलाए ।
यो जितपछि आर्सनल ६ अंकसहित समूह ‘ई’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित क्वाराबाग भने अंकविहीन हुँदै पुछारमा छ ।