विराटनगर, असोज १८
रियल जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘ओइ स्यानी’ बोलको सो म्यूजिक भिडियो बिहीबार युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।
गायक बीबी अनुरागी र गायिका नम्रता तामाङको स्वरमा रहेको सो गीतमा शव्द, संगीत तथा संयोजन पनि बीबी अनुरागीकै छ । यसैगरी म्यूजिक भिडियोतर्फ रियल जोडी पल र आँचलको नृत्यलाई गम्भीर विष्टले कोरियोग्राफी तथा निर्देशन गरेका छन् भने सो भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।