birat ribon

ओली भन्छन्, ‘माधव नेपालसँग घनिष्टता भएकै कारण म ढुक्क छु’

Neuro
ओली भन्छन्, ‘माधव नेपालसँग घनिष्टता भएकै कारण म ढुक्क छु’


काठमाडौँ, असोज १८

cura insider

गत असोज ६ गते न्यूयोर्क गएको प्रधानमन्त्री केपी ओलीको टोली आज स्वदेश फर्किएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता माधवकुमार नेपालसँग घनिष्टता भएका कारण आफू ढुक्क रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेता नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताउँदै नेपालसँग २९ सालदेखि मित्रता–घनिष्ठता रहेको भन्दै उनले ढुक्क हुन आग्रह गरे ।

उनले असन्तुष्ट नेता नेपाललाई इंकित गर्दै भने, ‘हावा चल्यो, हावामा पात बह्यो भने त्यस्तो राजनीतिको पछाडि कुद्ने होइन’ ओलीले भने, ‘मान्छेलाई कहिलेकाहीं चित्त बुझेको हुँदैन । कवितात्मक ढंगले, लयात्मक ढंगले केही कुरा भनिहाल्यो भने त्यसैलाई समातेर एकदम कुद्नुपर्ने केही पनि छैन ।’ उनले कुनै दृष्टिकोण, नीति, देशलाई दिशा दिने र जनताका यथार्थ समस्या सम्झिने राजनीति नगर्न आग्रह पनि गरे ।
प्रधानमन्त्री ओली अमेरिका रहँदा सत्तारुढ नेकपाकै वरिष्ठ नेता माधव नेपालले संसद् बैठकमा सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका थिए ।

साथै उनले थपे, ‘हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको मलाई स्मरण छ । यसैगरी ओलीले सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको बताउँदै आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने उनले बताए ।

यस्तै ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको बताए । अतिकम विकसित र भूपरिवेष्टित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै त्यस्ता देशलाई थप सहयोग आवश्यक रहेको विषय जोडदार रुपमा नेपालले उठाएको उल्लेख गरे ।

jackson ribon