birat ribon

पोर्चुगलको टिममा परेनन् रोनाल्डो

Neuro
पोर्चुगलको टिममा परेनन् रोनाल्डो


एजेन्सी, असोज १८
पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युइएफए नेसन्स लिगअन्तर्गत पोल्याण्ड र स्कटल्याण्डविरुद्धको खेलमा पोर्चुगलको टिम बाहिर परेका छन् । मैत्रिपूर्ण म्याचअघि घोषणा गरिएको टोलीमा उनी टिम बाहिर परेका हुन् ।

cura insider

आगामी अक्टोबर ११ मा पोल्याण्ड र त्यसको तीन दिनपछि स्कटल्याण्डसँग हुन लागेको प्रतिस्पर्धामा उनी टोलीमा नअटाएका हुन् । रोनाल्डोलाई आराम दिन टिममा नराखिएको बताइएको छ । तर, पोर्चुगलले सर्वाधिक क्यापका खेलाडी रोनाल्डोलाई सो मैत्रिपूर्ण म्याचमा गुमाउने भएको छ ।

रोनाल्डो पछिल्लोसमय अमेरिकन महिलामाथिको बलात्कारको आरोपबाट गुज्रिरहेका छन् । उनीमाथि लस भेगासको एक होटलमा सन् २००९ मा बलात्कार गरेको आरोप लागेको छ । जर्मन पत्रिकाले अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाको बलात्कारको दाबी प्रस्तुत गरेको थियो । यद्यपि , रोनाल्डोले गत बुधबार आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

jackson ribon