birat ribon

रियलका मोड्रिक भन्छन्– ‘हामीले हरेश खाएका छैनौं, चाँडै जितको बाटोमा फर्किन्छौं’

Neuro
रियलका मोड्रिक भन्छन्– ‘हामीले हरेश खाएका छैनौं, चाँडै जितको बाटोमा फर्किन्छौं’

cura insider

एजेन्सी, असोज १८
यो सिजन घरेलु लिग ला लिगामा निराशाजनक अवस्थामा रहेको रियल मड्रिडका खेलाडी लुका मोड्रिकले आफूहरू सुरुआती खराब नतिजाबाट निराश नभएको बताएका छन् । रियलले ला लिगामा सुरुआती ७ खेल खेल्दा २ खेल बराबरी गरेको छ भने एक खेल हारिसकेको छ ।

ला लिगामा पछिल्लोपटक रियल मड्रिड एथ्लेटिको मड्रिडसँग आफ्नै घरमा गोलरहित बराबरीमा रोकिएको थियो । त्यसअघि ऊ सेभिल्लासँग अवे मैदानमा ३–० ले हारेको थियो । यसै साता रियल च्याम्पियन्स लिगमा रसियाको क्लब सिएसकेए मोस्कोसँग पनि १–० ले हारेको छ ।

रियल मड्रिडले पछिल्ला ३ खेलमा १ गोल पनि गर्न सकेको छैन । जबकि, उसले त्यस बीचमा ४ गोल खाइसकेको छ । यस्तो अवस्थामा अहिले रियल मड्रिडको चर्को आलोचना बढेको छ भने ‘फ्यान बेस’मा निराशा छाएको छ ।

यसैबेला युरोपियन वर्ष खेलाडी तथा फिफा वर्ष खेलाडीको अवार्ड जितेका क्रोएसियन खेलाडी मोड्रिकले रियल चाँडै जितको बाटोमा फर्किने बताएका ाछन् । उनले सुरुआती नतिजा आफूहरूका लागि सुहाउँदो नभए पनि आफूहरू निराश भने नरहेको उनको भनाइ छ ।

‘हो, अहिले धेरैको ध्यान हामीतिर छ । किनभने, हिजोका हाम्रा केही मुख्य खेलाडी हामीसँग छैनन् । र, यतिबेला हामी खराब अवस्थामा छौं,’ स्पेनको पत्रिका ‘मार्सा’सँग कुरा गर्दै मोड्रिकले भने, ‘तर, हामी चाँडै जितको बाटोमा फर्किन्छौं ।’

सोक्रममा मोड्रिकले अझै पनि ला लिगा र च्याम्पियन्स लिगमा केही नबिग्रिएको बताए । ‘ला लिगा भर्खरै सुरु भएको छ, अझै लामो बाटो बाँकी छ,’ उनले भने, ‘च्याम्पियन्स लिगमा हामीले एक खेल जितसिकेका छौं, हामी खतरामा छैनौं ।’

रियल दुईवर्षअघिको ला लिगा विजेता हो भने गत सिजन उसले लागतार तेस्रोपटक च्याम्पियन्स लिगो उपाधि जितेको थियो ।

jackson ribon