birat ribon

राजपा नेपालका अध्यक्षको दाबीः ‘ओली सरकार पूर्ण रुपमा असफल भइसक्यो’

Neuro
राजपा नेपालका अध्यक्षको दाबीः ‘ओली सरकार पूर्ण रुपमा असफल भइसक्यो’

cura insider

राजविराज, असोज १८
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष राजकिशोर यादवले सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका छन् । सरकारले जनताको आकांक्षा र भावनाअनुसार काम पूरा गर्न नसकेकाले सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरेका हुन् ।

राजपा नेपाल सप्तरीले राजविराजमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशमा आर्थिक समृद्धिको लागि विकास निर्माण र मधेशको समस्या समाधान गर्न सरकारले नसकेको धारणा राखे । उनले मधेश आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै मधेश आन्दोलनका क्रममा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए ।

राजपा अध्यक्ष यादवले राजपा नेपालले वर्तमान सरकारलाई जनताको विकास र अधिकारको लागि समर्थन दिएको बताउँदै संविधान संशोधन हुनुपर्ने जिकिर गरे । साथै निजगढ विमानस्थल निर्माणका नाममा आठ हजार हेक्टर वन विनाश गर्न लागिएको भन्दै अध्यक्ष यादवले वन विनाश भएपछि प्रदेश नं २ को अर्थतन्त्र कमजोर हुने बताए ।

jackson ribon