काठमाडौं, असोज १८
१३ दिने विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्युयोर्क गएका उनी आज स्वदेश फिर्ता भएका हुन् ।
गत असोज ६ गते न्युयोर्क उडेका ओली आज दिउँसो काठमाडौं ओर्लिए । ओलीको स्वागतमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापालगायत अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
न्युयोर्कमा छँदा ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए । त्यसबाहेक उनी विभिन्न कूटनीतिक र गैरराजनीतिक कार्यक्रममा पनि सरिक भएका थिए ।
महासभालाई सम्बोधन गरेपछि प्रम ओलीले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए । त्यहाँ उनलाई शान्ति विश्वविद्यालयले विशेष सम्मान मानार्थ विद्यावारिधि उपाधि दिएर सम्मानसमेत गरेको थियो । ओली आज दोहा हुँदै स्वेश फर्किएका हुन् ।