birat ribon

चिनीको मूल्य ६३ रुपैयाँ भन्दा बढी नबनाउन सरकारलाई निर्देशन

Neuro
चिनीको मूल्य ६३ रुपैयाँ भन्दा बढी नबनाउन सरकारलाई निर्देशन


काठमाडौं, असोज १८
गत बुधबार उदोग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनीको मूल्य ७० रुपैयाँ प्रतिकिलो बनाउने निर्णय गरेपछि लेखा समितिले बिहीबार बैठक बस्दै ६३ रुपैयाँभन्दा बढी नबनाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सिंहदरबारमा बसेको बैठकले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ बढी भन्दा नलिन सरकारलाई निर्देशन दिएको हो ।

cura insider

लेखा समितिको बैठकले अध्ययन अनुसार चिनीको मूल्य ६३ रुपैयाँ भन्दा धेरै लिन नहुने बताउँदै ६३ रुपैयाँ भन्दा धेरै मूल्य लिएमा पसल र उद्योगलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

यसैगरी आजको बैठकले चिनीको मूल्य अस्वभाविक रुपमा बढ्नुको कारण पत्ता लगाउन र समाधानको उपायसहितको प्रतिवदेन बनाउन उपसमिति गठन गरेको छ । लेखराज भट्टको संयोजकत्वमा बनेको ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिले चिनीसँगै समग्र बजारको अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

jackson ribon