birat ribon

युरोपा लिग : आज एकैदिन २४ खेल हुँदै, चेल्सी र आर्सनलको खेल पनि आजै

Neuro
युरोपा लिग : आज एकैदिन २४ खेल हुँदै, चेल्सी र आर्सनलको खेल पनि आजै


विराटनगर, असोज १८
युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिगमा आज एकैदिन कूल २४ खेल हुँदैछन् । आज एकैदिन समूह चरणअन्तर्गत दोस्रो राउन्डका खेल हुन लागेका हुन् ।

आज कूल २४ खेल हुँदा केही केही ठूला टोलीका खेल पनि हुँदैछन् । जसमा आज इंग्लिस प्रिमियर लिग खेल्ने टोली आर्सनलले क्वाराबागसँगै उसकै घरमा खेल्दैछ । यो खेल नेपाली समयअनुसार आज राति १०ः४० बजेबाट हुँदैछ ।

cura insider

त्यस्तै, आज इटालीको क्लब एसी मिलान पनि समूह चरणको दोस्रो खेल खेल्दैछ । मिलानको घरमा हुने यो खेलमा ओलम्पियाकोस मिलानविरुद्ध उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार आज राति १०ः४० बजेबाटै सुरु हुनेछ ।

त्यस्तै, आज स्पेनको ला लिगा खेल्ने सेभिल्ला पनि दोस्रो खेल खेल्दैछ । सेभिल्ला यो खेलका लागि एफसी क्रस्नोडारको घरमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुासर आज राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

त्यस्तै, आज हुने अर्को महत्त्वूर्ण खेलमा इंग्लिस प्रिमियर लिगमा यो सिजन उच्च प्रदर्शन गरिरहेको चेल्सी र भिडियोटोन भिड्दैछन् । यो खेल चेल्सीको घरमा हुनेछ । खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

jackson ribon