birat ribon

‘बलात्कार प्रयास’ आरोपमा थुनिएका भारतीय नागरिक प्रहरीकै बीचबाट भागे !

Neuro
‘बलात्कार प्रयास’ आरोपमा थुनिएका भारतीय नागरिक प्रहरीकै बीचबाट भागे !

ललितपुर, असोज १८
१३ वर्षीया किशोरी बलात्कारको प्रयास गरेको आरोप लागेका एक भारतीय नागरिक प्रहरीकै बीचबाट भागेका छन् । दक्षिण ललितपुरको महांकाल गाउँपालिकाकी एक किशोरीमाथि बलात्कार गर्न खोजेको आरोपमा समातिएका २० वर्षीय बब्लुकुमार आज प्रहरीको घेरा तोडेर फरार भएका हुन् ।

cura insider

प्रहरीका अनुसार बब्लुकुमार महांकालमा बसेर एक ग्रील उद्योगमा काम गर्दै आएका थिए । भारतको देदिया घर भएका उनले अघिल्लो दिन राति किशोरीमाथि बलात्कार प्रयास गरेका थिए । तर, पछि परिवार र स्थानीयले समातेर उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

अभियुक्त भागेपछि स्थानीयले भने अभियुक्तलाई प्रहरीले नै भगाएको आरोप लगाएका छन् । यता, महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार ओरापीलाई इलाका प्रहरी कार्यालय टुंगुंनमा राखेर सोछपुछ गरिँदै थियो ।

त्यसपछि टुंगुनबाट बब्लुकुमारलाई चापागाउँ प्रहरी वृत्तमा ल्याउने तयारी हुँदै गर्दा उनी भागेका थिए । महाँकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहालले केरकारका नाममा प्रहरीले नै अभियुक्तलाई भगाएको आरोप लगाए ।

डिएसपी खिउजुका अनुसार फरार अभियुक्तको अहिले खोजी भइरहेको छ ।

jackson ribon