birat ribon

‘कञ्चना’को हिन्दी रिमेकमा अक्षय कुमार

Neuro
‘कञ्चना’को हिन्दी रिमेकमा अक्षय कुमार

विराटनगर, असोज १८
हरर–कमेडी फिल्म ‘कञ्चनाः मुनी २’मा अभिनेता अक्षय कुमार देखिने भएका छन् । तमिल हरर–कमेडी फिल्म ‘कञ्चनाः मुनी २’ को हिन्दी रिमेकमा अक्षय कुमारलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

cura insider

खबरका अनुसार अक्षय अभिनित ‘राउडी राठौर’की निर्माता शबीना खानले यो तमिल चलचित्रको अधिकार हिन्दी रिमेकका लागि खरिद गरेकी छन् । उनले नै हिन्दी भर्सनमा निर्माण हुने चलचित्रको निर्देशन गर्ने छिन् ।

अक्षयले यसअघि पनि यसै जनराको ‘भुलभुलैया’ गरिसकेका छन् । उनको यस चलचित्र निकै नै हिट भएको थियो ।

jackson ribon