birat ribon

विराटनगरमा वैज्ञानिकले फेला पारे दुलर्भ प्रजातिको जंगली धान

Neuro
विराटनगरमा वैज्ञानिकले फेला पारे दुलर्भ प्रजातिको जंगली धान

विराटनगर, असोज १८
मोरङको विराटनगर क्षेत्रमा दुलर्भ हुँदै गएको जंगली धान भेटिएको छ । कृषि वैज्ञानिकले भेटिएको दुलर्भ जंगली धानको उद्धार गरेर संरक्षण गर्ने भएका छन् ।

यसअघि भने यस्तो जंगली धान कोसीटप्पु क्षेत्रमा सजिलै पाइन्थ्यो । तर, उक्त क्षेत्रमा अहिले जंगली धान पाउन छाडिएको छ ।

cura insider

राष्ट्रिय बिज बैंकको वैज्ञानिकको टोलीले विराटनगर–१९ को बैजनाथपुरमा जंगली धान भेटेको हो । भेटिएको धानमा तीन प्रजाति रहेको वैज्ञानिकले बताएका छन् ।

भेटिएको दुलर्भ तीन प्रजातिको धानलाई संरक्षण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को राष्ट्रिय जीन बैंक लगिएको वरिष्ठ वैज्ञानिक डा.बालकृष्ण जोशीले बताए ।

जंगली धान बैजनाथपुरको मिलन चोक क्षेत्रमा रहेको सार्वजनिक जग्गामा भेटिएको थियो । जंगली धान हराउँदै जान थालेको अवस्थामा स्थानीय विवेकानन्द झाले थाहा पाएपछि बिज बैंकको टोलीलाई खबर गरिएको थियो ।

पछि वैज्ञानिकले उक्त क्षेत्रमा पुगरे तीनै प्रजातिको धान लिएर गएका हुन् । डा. जोसीका अनुसार भेटिएको दुलर्भ प्रजातिको धानमा ओराइजा निभारा, ओराइजा रुफी पोगन र लिर्सिया धान रहेको छ ।

यसअघि जंगली धान भेटिँदै आएको क्षेत्र कोसीटप्पुमा भने दुई प्रजातिको धान मात्रै भेटिएको थियो । तर, बैजनाथपुरमा भने तीन प्रजातिको धान फेला परेको वैज्ञानिक डा. जोसीले बताए ।

वैज्ञानिक जोशीका अनुसार अहिले भेटेको भनिएको धान यतिबेला हामीले खाने धानको पुरानो पुस्ता मानिन्छ । हाल विश्वमा विभिन्न २२ प्रजातिका जंगली धान पाइन्छ । त्यसमध्ये नेपालमा मात्रै ४ जातका जंगली धान पाइने वैज्ञानिक बताउँछन् । नेपालमा पाइने ४ प्रजातिमध्ये मोरङमा मात्रै ३ प्रजातिको धान भेटिएको हो ।

यहाँ भेटिएको दुलर्भ धान जंगली धान नै भएको वैज्ञानिकले पुष्टि गरेका छन् । अब दुलर्भ अवस्थाबाट संरक्षण गरिने यो धान कोसी क्षेत्रमा संरक्षण गरिने बताइएको छ ।

jackson ribon