birat ribon

व्यस्त सडकमा कुकुरले गाडी चलाएपछि …… !

Neuro
व्यस्त सडकमा कुकुरले गाडी चलाएपछि …… !

एजेन्सी, असोज १८
मानिसबाहेक रिमोट वा रोबोटको मदतमा सवारी साधन चलाएको त हामीले सुनेकै छौं । तर, के कुनै जनावरले सवारी चलाउन सक्छ ?

cura insider

तर, मानिसको आसपासमा रहने जनावर कुकुरले पनि वास्तवमै सवारी चलाउन सक्छ भन्दा धेरैलाई हावादारी कुरा लाग्न सक्छ ।

तर, यो कुरा सत्य हो । खबरअनुसार भारतको मलायालाम राज्यमा मानिसलाई नै छक्का पार्ने गरी व्यस्त सडकमा कुकुरले मज्जाले सवारी चलाएको भिडियो सार्वजनिक भएको छ । यो भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

उक्त कुकुरले मानिसले जस्तै गरी सडकमा सवारी चलाउँदा ट्राफिक नियमसमेत पालना गर्छ, हर्न पनि आफैं बजाउन सक्छ । कुकुरले मज्जाले गाडी हाँकेको देखेपछि अहिले उक्त क्षेत्रमा कुकुर हेर्नेको भीड बढ्न थालेको छ ।

उक्त कुकर अहिले एक हिसाबले सेलिब्रेटी नै भएको छ । धेरैले कुकुरको भिडियो र तस्बिर सामाजिक सन्जालमा हालेर प्रचार गरिरहेका छन् ।

jackson ribon