birat ribon

कांग्रेस सांसद प्रदेश–१ को नाम र राजधानीका लागि छलफलमा जुटे

Neuro
कांग्रेस सांसद प्रदेश–१ को नाम र राजधानीका लागि छलफलमा जुटे


विराटनगर, असोज १८
नेपाली कांग्रेसका सांसदहरु प्रदेश १ को राजधानी तथा नामका लागि आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशको १ को नाम र राजधानीको विषयमा साझा धारणा बनाउन भन्दै कांग्रेस सांसद बिहीबार छलफलमा जुटेका हुन् ।

cura insider

छलफलका क्रममा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सत्तारुढ दलले ल्याएको मन्त्रालय, संसद, प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री सम्पर्क कार्यालय छुट्टाछुट्टै स्थानमा राख्ने कुरा आएको भएपनि कांग्रेसलाई मान्य नहुने बताए । उनले सरकारले ल्याउने प्रस्तावले नै कांग्रेसको आगामी भूमिका कस्तो हुने तय हुने भएकाले नेताहरु छलफलमा सक्रिय भएका बताए ।

यसअघि मुख्यमन्त्री शेरधन राईले राजधानी विराटनगर भएपनि व्यवस्थापिका तथा कार्यपालिका विकेन्द्रित हुने गरी सरकारले प्रदेश राजधानीको विषय सदनमा प्रवेश गराउने अभिव्यक्ति दिएका थिए । मुख्यमन्त्री राईले मुख्यमन्त्री कार्यालय तथा मन्त्रालयहरु विराटनगरमा, संसद इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा राख्ने प्रस्ताव ल्याएका थिए ।

सो प्रस्तावमा भने सत्तारुढ दल नेकपाकै सांसदबीच एकमत आइसकेको छैन ।

यसैगरी संसदीय दलका प्रमुख राजीव कोइरालाका अनुसार सत्तापक्षले राजधानी र नामको विषयमा आफ्नो संसदीय दलको छलफल चलाइसकेको र कांग्रेसले पनि साझा धारणा बनाउन छलफल सुरु गरेको बताए ।

jackson ribon