birat ribon

‘निर्मलालाई न्याय माग्दै’ सिंहदरबार घेराउ, सुन्ला त सरकारले ?

Neuro
‘निर्मलालाई न्याय माग्दै’ सिंहदरबार घेराउ, सुन्ला त सरकारले ?

cura insider

काठमाडौं, असोज १८
गत साउन ११ गत बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै आज देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार घेराउ गरिएको छ । सिंहदरबारको दक्षिण गेटमा आज ठूलो संख्यामा सर्वसाधारण उपस्थिति भएर प्रदर्शन गरेका हुन् ।

आज प्रदर्शनकारीले प्रदर्शन गरेको क्षेत्रलाई सरकारले निषेधित क्षेत्र तोकेको छ । तर, सोही क्षेत्रमा सर्वसाधारणले ठूलो संख्यामा भेला भएर धर्ना दिएका हुन् । सो क्षेत्रमा धर्ना दिन, अनसन बस्न वा प्रदर्शन गर्न पाइँदैन ।

बिहान करिब ११ बजेदेखि स्थानीयले निर्मलाका लािग न्याय माग्दै प्रदर्शन गरेका हुन् । उनीहरूले निर्मलाका हत्यारा पक्रिन सरकारले बेवास्ता गरेको बताउँदै चाँडोभन्दा चाँडो दोषी पक्राउ नगरे आन्दोलन थप चर्काउने बताएका छन् ।

निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या भएको थियो । उनको बलात्कार तथा हत्यामा को संलग्न थियो भन्ने हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।

jackson ribon