birat ribon

अमिताभलाई टक्कर दिँदै राजेश हमाल, ‘को बन्छ करोडपति’ सञ्चालन गर्ने

Neuro
अमिताभलाई टक्कर दिँदै राजेश हमाल, ‘को बन्छ करोडपति’ सञ्चालन गर्ने


काठमाडौं, असोज १८
आउँदो नोभेम्बर महिनाको अन्तिम हप्तादेखि नेपालमा पनि ‘को बन्छ करोडपति’ सुरू हुने भएको छ । उक्त शो हिन्दीमा अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्दै आएका छन् भने नेपाली संस्करणमा महानायक राजेश हमालले गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज टेलिभिजन शोे ‘कौन बनेगा करोडपति’ संसारमा एक सय ६० देशमा प्रसारण भइसकेको छ । विभिन्न देशमा विभिन्न नाम रहेको यस शो को नेपाली संस्करणको नाम भने ‘को बन्छ करोडपति’रहने बताइएको छ ।

cura insider

उक्त शो एचआरबिएन मिडिया र एपिवान एचडीको सहकार्यमा सञ्चालन हुनेछ । उक्त शो मा भाग लिनका लागि गुगल प्ले स्टोरमा गएर ‘केबीसी’ नेपाल एप डाउनलोड गर्नुपर्नेछ । आयोजक संस्थाकी सदस्य रीता सापकोटाका अनुसार ‘को बन्छ करोडपति’मा ‘केबीसी’ नेपाल एप डाउनलोड गरेर यस प्रतिस्पर्धामा भिड्न सकिनेछ ।

jackson ribon