काठमाडौं, असोज १८
पछिल्ला दिन नेकपाभित्र नेतृत्वबीच केही असन्तुष्टि र विवाद देखियो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले केही दिनअघि संसद् बैठकबाटै सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गगरेका थिए । त्
उता, यसको भोलिपल्ट प्रम ओलीले विदेशबाटै नेता नेपालप्रति व्यंग्य कसेका थिए । त्यसयता पार्टीभित्र असन्तुष्टि देखिँदै आएको छ ।
पार्टीभित्र यसरी असन्तुष्टि बढिरहेका बेला विदेश भ्रमणमा रहेका प्रम ओली र नेता नेपाल आज एकैदिन स्वदेश फर्किंदैछन् । ओली अमेरिकाबाट काठमाडौं ओर्लिंदा नेता नेपाल चीनबाट आइपुग्नेछन् ।
पार्टी स्रोतका अनुसार आजै साँझ पार्टीमा बैठक बस्ने तयारी छ । शीर्ष नेताहरू फर्केपछि आज साँझ सचिवालय बैठक बस्ने भएको हो ।
आज सचिवालय बैठकमा सामान्य छलफल गरेर पार्टीभित्रका समस्या हटाउन दसैंअघि नै स्थायी कमिटी बैठक राख्ने तयारी छ । बैठकको तयारी पार्टीका महासचिव विष्णु पौडेलले गरिरहेका छन् ।