birat ribon

‘अनुराग’लाई रामचन्द्र पौडेल र रेखा थापाको प्रतिक्रियाः ‘धेरै राम्रो’

Neuro
‘अनुराग’लाई रामचन्द्र पौडेल र रेखा थापाको प्रतिक्रियाः ‘धेरै राम्रो’


विराटनगर, असोज १८
हाल प्रदर्शन फिल्म ‘अनगरागले निकै नै चर्चा बटुलिरहेको छ । खासगरी यस फिल्म हेरेपछि परिचित अनुहारहरुले दिएको प्रतिक्रियाको कारण पनि यस फिल्मको चर्चा बढेको हो ।

पत्रकार ऋषि धमलाको निर्माण र उनकी पत्नि एलिजाको अभिनय रहेको यस फिल्म हेरिसकेपछि विशेषतः राजनीतिज्ञदेखि कलाकारहरुले आ–आफ्नै प्रतिक्रिया दिएका छन् । उनीहरुले ‘नेपाली सिनेमाहरुमध्ये सबैभन्दा उत्कृष्ट’ भन्दै फिल्मको तारिफ गरेका छन् ।

cura insider

सो फिल्म हेर्नका लागि नेपाली राजनीतिज्ञहरु नेकपाका नेता एवम् प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, नेकपाका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रतिनिधि सभाका उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेपाली कांग्रेसका नेता एवम् सहमहामन्त्री डा. प्रकाशशरण महत, कलाकार जितु नेपाल, वरिष्ठ कलाकार हरिवंश आचार्यलगायतले फिल्म निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसींह केसी र नायीका रेखा थापाले बुधबार सिटी सेन्टरस्थित् बिग मुभिजमा फिल्म ‘अनुराग’ हेरेपछि आफ्नो प्रतिक्रिया दिएका छन् । रेखा र रामचन्द्रले हतार छ भन्दै आधा मात्रै फिल्म हेरेर हलबाट बाहिरिँदै नव–कलाकारहरुले पनि निकै राम्रो काम गरेको प्रतिक्रिया दिए ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ गत शुक्रबारबाट प्रदर्शनमा आएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमती एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन् ।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ ।

jackson ribon