birat ribon

कपाल हेरेर थाहा पाउनुहोस विभिन्न रोगका संकेतहरु

Neuro
कपाल हेरेर थाहा पाउनुहोस विभिन्न रोगका संकेतहरु

 

cura insider

हाम्रो कपालमा विभिन्न खालका समस्याहरु आइरहेका हुन्छन् । यस्ता समस्याहरुले गर्दा हामी धेरै चिन्तित पनि हुने गर्छौं । तर हामी यस्ता समस्या के कारणले गर्दा आएका हुन् भन्ने कुरा जान्न खोज्देनौं । हाम्रो कपालमा आउने विभिन्न समस्याहरुले हाम्रो शरीरमा देखापर्ने विभिन्न रोगहरुको संकेत दिने गर्छन् । कपालमा आउने समस्याको मद्धतले हामी हामीलाई कुन रोगले सताईरहेको छ भन्ने कुरा छुट्टाउन सक्छौं ।

कपालबाट यसरी चिन्नुहोस रोगहरु :

१) चाँया : कपालमा छिट्छिटो चायाँ फैलिनु सेबोरेहिक डर्मेटाइटिस नामक रोगको संकेत हो । यो रोग शरीरमा संक्रमणका कारण हुन सक्छ । यसो हुँदा छिट्टै कपाल झर्छ र छालामा रातो धब्बा बन्ने समस्या पनि आउँछ ।

२) रुखो : लामो समयसम्म कपाल रुखो भएमा हाइपरथाइरोइडिजमको संकेत हुन सक्छ । यो रोग लाग्दा थाइरोइड ग्ल्यान्ड बढी सक्रिय हुन्छ । अनि तौल अचानक घट्न पनि थाल्छ ।

३) झुप्पामा झर्ने : तपाईंको कपाल झुप्पा झुप्पामा झर्ने गरेको छ भने मधुमेह वा अलोपेसिया अरेटा नामक रोगको संकेत हुनसक्छ । अलोपेसिया अरेटा रोग लागेपछि व्यक्तिको कपाल छिट्छिटो झर्छ र तालुखुइले हुने समस्या आइलाग्छ ।

४) छिटो सेतो हुने : कपाल छिटो सेतो भएमा शरीरमा मेलेनिन नामक हर्मोनको कमीको संकेत हुनसक्छ । यो हर्मोनले हाम्रो छाला र कपालको कपाल बनाउन सहायता गर्छ । यसको कमी हुँदा छाला र कपालको रंग परिवर्तन हुन थाल्छ ।

५) दुईमुखे : कपाल दुईमुखे हुन थाले भने ट्राइकोरेक्सिस नोडोसा नामक जेनेटिक रोगको संकेत हो । यसले कपाललाई दुईमुखे बनाएर झर्न थाल्छ ।

६) पातलो : शरीरमा प्रोटीनको कमी भएमा कपाल पातलो हुन थालछ । अनि कपाल छिट्छिटो झर्न पनि थाल्छ ।

jackson ribon