birat ribon

टोटनह्यामलाई हराएपछि कोउटिन्होले भने– ‘मेस्सी साँच्चै उत्कृष्ट खेलाडी’

Neuro
टोटनह्यामलाई हराएपछि कोउटिन्होले भने– ‘मेस्सी साँच्चै उत्कृष्ट खेलाडी’

एजेन्सी, असोज १८
स्पेनिस बार्सिलोनाका स्टार मिडफिल्डर फिलिपे कोउटिन्होले आफ्नो टोलीका कप्तान लिओनल मेस्सीको प्रशंसा गरेका छन् । गत राति युरोपियन च्याम्पियन्स लिगको दोस्रो खेलमा इंग्लिस क्लब टोटनह्यामलाई हराएपछि मिडियालाई प्रतिक्रिया दिँदै ब्राजिलियन खेलाडीले यस्तो बताएका हुन् ।

cura insider

टोटनह्यामलाई उसकै घरमा ४–२ ले हराउनेक्रममा बार्सिलोनाका लागि कप्तान मेस्सीले २ गोल गरे भने कोउन्टिहो र इभान राकिटिकले १–१ गोल गरे । कोउटिन्होले गरेको गोल बार्सिलोनाको जर्सीमा च्याम्पियन्स लिगमा पहिलो गोल थियो ।

खेलपछि कोउटिन्होले मेस्सीले सधैं टोलीको जितका लागि खेल्ने र उनले टिमलाई संगठित गर्ने बताए । ‘हो, मेस्सी साँच्चै उत्कृष्ट खेलाडी हुन्, उनले पटक–पटक यो कुरा प्रमाणित गरेका छन्,’ कोउटिन्होले भने, ‘आजको खेलमा पनि उनको भूमिका निर्णायक रह्यो ।’

कोउटिन्होले मेस्सीले सधैं टोलीको जितका लागि खेल्ने पनि बताए । ‘मेस्सी आफ्नो गोल संख्याका लागि खेल्दैनन्, उनका लागि टोलीको जित पहिलो कुरा हुन्छ,’ उनले थपे ।

टोटनह्यामलाई हराएपछि बार्सिलोना लगातार दुई खेल जितेर आफ्नो समूहको अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा इन्टर मिलान रहेको छ ।

jackson ribon