birat ribon

सप्तरीमा एकैदिन किशोरी र वृद्धा बलात्कारको सिकार

Neuro
सप्तरीमा एकैदिन किशोरी र वृद्धा बलात्कारको सिकार

सप्तरी,असोज १८
संसारभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेका बेला सप्तरीमा भने एक वृद्धा बलात्कृत भएकी छन् । उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई २ महिनादेखि भाइको घरमा बस्दै आएकी ७० वर्षीया वृद्धा अघिल्लो दिन (मंगलबार) बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

cura insider

जिल्ला प्रहरीका अनुसार घरमा सुतिरहेका बेला वृद्धा बलात्कत भएकी थिइन् । उनलाई खडक नगरपालिका–८ का ४० वर्षीय रोहित सदाले रक्सीले मातेको सुरमा बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरीका एसपी राजेन्द्र बिष्टका अनुसार आरोपित सदा अहिले फरार रहेका छन् ।

यता, मंगलबारै सप्तरीकै एक १४ वर्षीया बालिका पनि बलात्कारको सिकार भएकी छन् । डाकनेश्वरी नगरपालिका–१ का १६ वर्षीय युवकले किशोरीलाई आफ्नै घरमा थुनेर बलात्कार गरेको भन्दै पीडितको परिवारले प्रहरीमा उजुरी दिएको छ ।

दुवै घटनाबारे अहिले प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान थालेको एसपी बिष्टले बताए ।

jackson ribon