birat ribon

सीके राउतविरुद्ध अमेरिकामा मधेसी युवाले भने– ‘हामी नेपाल टुक्रिन दिन्नौं’

Neuro
सीके राउतविरुद्ध अमेरिकामा मधेसी युवाले भने– ‘हामी नेपाल टुक्रिन दिन्नौं’


अमेरिका, असोज १८
अमेरिकामा रहेका मधेसी युवाले डा. सिके राउतविरुद्ध ‘हामी देश टुक्रिन दिन्नौं’ नामक अभियान चलाउने भएका छन् । केही दिनअघि अमेरिकाको पेनसिलिभ्यानिया राज्यको पिट्सवर्ग मेट्रो सिटीमा नेपाली मूलका विभिन्न पेशामा आवद्ध तराईवासी युवाले एउटा वैचारिक गोष्ठी सम्पन्न गर्दै सो निर्णय गरेका हुन् ।

cura insider

गोष्ठीको अध्यक्षता महोत्तरी जिल्लाबाट अमेरिका आई विगत एक दशकदेखि बस्दै आएका व्यवसायी जय साहले गरेका थिए । यसैगरी यसका सदस्यहरु डा. राजेश साह (सुनसरी) ई. प्रणय साह (सिरहा), ई.सर्वेश मण्डल (सिरहा), ई. विनयविक्रम बर्मा (बाँके), डा. रविकान्त गुप्ता (सप्तरी)लगायत अन्य सदस्यहरुले एउटा गैर सरकारी संस्था पनि गठन गरेका छन् ।

२२औं शताब्दीका लागि युवा (युथ फर ट्वेन्टी टु सेन्चुरी) राखिएको सो संस्थाले जनकपुरबाट सीके राउतलाई रोक्न असहयोग आन्दोलन सुरु गरेर तराईका सबै जिल्लामा “हामी नेपाल टुक्रिन दिन्नौं”नामक अभियान चलाउनेलगायतका चार निर्णयहरु गरेको छ ।

यसैगरी गैर राजनीतिक तरिकाले सीके राउतको नाम नलिकन सीके राउतको बढ्दो लोकप्रियतालाई कसरी रोक्ने र नेपाल र तराईमा भएका बहुभाषीय, बहुजातीय र भेषभूषामा भिन्नताको समस्यालाई गैर राजनीतिक तरिकाले कसरी समाधान गर्ने तथा जसले गर्दा फेरि युवालाई अर्को सीके राउत बन्नु नपरोस् भन्ने मूल ध्येय राख्दै र तराईमा रहेका आर्थिक, सामाजिक र अधिकारको कमीलाई गैर राजनीतिक तरिकाले कसरी सम्बोधन गर्ने आदि कार्यहरु गर्ने उद्देश्य राखेको छ ।

उनीहरुले एक विज्ञप्ती जारी लेखेका छन्, ‘याद राख्नुहोला, हामीले एउटा पूर्ण रूपमा गैर राजनीतिक महाअभियानको परिकल्पना गरिरहेका छौं । अहिलेसम्म नेपालमा कुनै पनि “मास मुभमेन्ट” गैर राजनीतिक भएको छैन । यो महाअभियानको अभिप्रायः कुनै राजनीति गर्नु हैन । जनताद्वारा जनताको लागि हुने यो महाअभियानका सञ्चालक जय साह हुन् । साह अमेरिकामा एउटा सफल व्यवसायी हुन् । अमेरिकामा भएको व्यवसाय त्यागेर नेपालमा आएर सानोतिनो राजनीति गर्ने उनको कुनै अभिप्राय छैन । उनको परिवारमा अहिलेसम्म कुनै पनि सदस्यले राजनीति गरेको छैन ।

उनले अमेरिकाबाट यो महाअभियानलाई एउटा व्यावसायिक मार्गनिर्देश गर्नमात्रै आउन लाग्नुभएको छ । र, पछि यो अभियान सम्पन्न भइसकेपछि उनी फेरि अमेरिका नै फर्कन्छन् । उनी दक्षिण एसियामा भएका सबै गृहयुद्धको इतिहासबारे जानकार पनि हुन् । देशको माया लागेर उनले हाम्रो देश श्रीलंकाकोजस्तो गृहयुद्धमा नपरोेस् भनेर यो अभियानको सुरुवात गर्ने इच्छा गरेका छन् ।

साहले बलात्कार, दाइजो प्रथा, सामाजिक अपराध, भ्रष्टाचार, मेडिकल मालप्राक्टिसको समस्या नेपालबाट सधैंको लागि कसरी हटाउने भन्ने कुरामा पनि रिसर्च गर्नुभएको छ । यो जातीय द्वन्द्व सिद्धिएपछि जय साहले नेपालमा बाँकी सबै समस्या पनि समाधान गर्नको लागि फेरि–फेरि आउनुप¥यो भने तयार पनि छन् । देशको लागि चार÷पाँच वर्ष दिएर केही ठूलो परिवर्तन ल्याउन सकिन्छ भने त्यसको लागि जय साह सधैं तयार छन् ।’

यो महाअभियानको लागि युथ फर ट्वेन्टी सेकेण्ड सेञ्चुरी Youth for 22nd Century ले गर्न सक्ने योजना:

साथै नेपालका सबै वडामा कमसेकम ११ जना सदस्य भएको यो गैससको एउटा शाखा खोल्ने, हामी नेपाल टुक्रिन दिन्नौं महाअभियानजस्तै ५÷६ वटा नयाँ महाअभियानको योजना छ । जय साहको एक्शन प्लानमा चार/पाँच वर्षको भित्रमा ५/६ वटा नयाँ महाअभियान चलाउने योजना छ ।

२. ‘हामी नेपाल टुक्रिन दिन्नौं’ महाअभियानलाई सञ्चालन र आर्थिक समर्थन,

३. देशभरिका सबै सञ्चारमाध्यममा हजारौं शिक्षामूलक भिडियो बनाई महिनौंसम्म जनता जागरुक गर्ने अनि त्यसपछि महाअभियान सुरु गर्ने,

४. काठमाडौंमा देशका दुवै समुदाय (तराईवासी र पहाडी) मा शिक्षित र भलाद्मीको संयुक्त गैर राजनीतिक टिम बनाएर महाअभियानको सुरुवात गर्ने,
५. सीके राउतले देशको माहोल बिगार्नुभन्दा पहिला सीके राउतको समर्थन गर्न सक्ने सबै युवाको विचार परिवर्तन गर्ने,

६. दक्षिण एसियाकै सबैभन्दा ठूलो गृहयुद्धबाट नेपाललाई बचाउनलाई वर्षमा एक दिन जातीय समानता दिवस मनाउने नियमको सुरुवात गर्ने । दुवै समुदायबीच विभिन्न कार्यक्रमको परिकल्पना गर्ने विचार

के हो यो जातीय समानता दिवस ?
हरेक वर्ष कुनै एक निश्चित दिन देशका सबै जात र भाषाका जनताले अर्को जात र भाषाको मान्छेलाई समान आदर तथा सम्मान दिने प्रण लिने दिनको रूपमा मनाउने । विश्वमा अहिले जातीय एकता दिवस कुनै पनि देशमा मनाइँदैन र यसको अवयव विश्वको हरेक कुनामा अहिले जातीय भेदभाव र हिंसा चलिरहेको छ । पूरै विश्वकै लागि एउटा नौलो कुराको आविष्कार भइरहेको छ– जसले गर्दा विश्वमा जातीय द्वन्द्वमुक्त देश बढ्न सकोस् । बन्दुक छोडेर मत हाल्ने माओवादी विश्वमा नेपालमा मात्रै छ । बुद्धको देशले एउटा अर्को शान्तिको पथ संसारलाई पढाउने मौका पाएको छ । यो जातीय एकता दिवस बनाएर विश्वलाई जातीय भेदभाव हटाउने एउटा ज्ञान हामी नेपालीले दिने समय आएको छ । हामीले सकेनौं भने यो देश गृहयुद्धमा फस्नेछ । यो दिनमा हरेक नेपालीले अर्को समुदायको अधिकार र विकास हनन भएको छ भने सँगै अघि बढेर त्यो समस्या समाधान गर्ने प्रण लिने दिन हुन्छ ।

हामीलाई किन यस्तो महाअभियान चाहियो ?
विश्वभरिमा भएका सबै सामाजिक महाअभियानलाई हेर्ने हो भने देशका राजनीतिक, कानुनी, आर्थिक र कूटनीतिक चारै तरिकाले समाधान गर्न नसकेको सयौं वर्ष पुराना समस्यालाई सामाजिक महाअभियानले कमसेकम समयमा जनताको विचार परिवर्तन गरेर समाधान गरेका छन् । हाम्रो नेपालकै उदाहरण लिनुपर्दा सयौं वर्ष राज गरेको राजालाई नेताहरुले महिनौंसम्म हटाउन सकेनन् । तर, जब जनता सडकमा आए १५—२० दिनकै महाअभियानमा राजा हट्न बाध्य भए । कसैले गर्न नसकेको ठूलो ठूलो परिवर्तन सामाजिक महाअभियानको माध्यमले ल्याउन सकिन्छ र यही भएर हामी “हामी नेपाल टुक्रिन दिन्नौं” महाअभियान देशैभरि चलाउनुपर्ने समय आइसकेको छ ।

नेपालमा गृहयुद्ध भएमा यो साउथ एसियाकै सबैभन्दा ठूलो गृहयुद्ध हुनेछ । किन ?
जातीय द्वन्द्व दक्षिण एसियाको भुटान, श्रीलंका र बर्मा गरी तीन देशमा भयो । देश विभाजन हुने बेलामा बंगलादेश र पाकिस्तानमा करोडौं मान्छे मरे । भुटानमा अल्पसंख्यकको जनसंख्या एक लाखमात्रै थियो । बर्मामा दश लाख र श्रीलंकामा २० लाख । नेपालमा अल्पसंख्यकको जनसंख्या एक करोड छ । त्यतिमात्र होइन– भुटान र बर्मामा बस्ने अल्पसंख्यकको नेपाल अनि बंगलादेशका समान भाषाका जातसँग कुनै परिवारिक सम्बन्ध थिएन । तर, नेपालका तराईमा बस्ने एक करोड जनाको सम्बन्धमा पर्ने चार करोड मानिस युपी, बिहार र पश्चिम बंगालमा छन् । तराईमा गृहयुद्ध सुरु भयो भने, कुनै न कुनै तरिकाले त्यो युद्धमा सीमापारि पाँच करोड र दुई करोड सीमावारि छ । अनि यो गृहयुद्ध लामो समयसम्म जानेछ । श्रीलंका, बर्मा र भुटानका अल्पसंख्यकभन्दा लाखौं गुणा बढी हातहतियार नेपालका अल्पसंख्यकको साथमा छ । स्वाभाविक रूपमा नेपाली सेनासँग पनि धेरै हातहतियार छन् । तर, भन्न खोजेको मुख्य आशय के भन्दाखेरि, दुवैतर्फ हातहतियार धेरै भएको हुनाले गृहयुद्ध साउथ एसियाकै सबभन्दा ठूलो र खतरनाक हुनेछ । गृहयुद्ध भयो भने हाम्रो देश १८ औं शताब्दीमा फर्केर जानेछ । तर, यदि रोक्न सक्यौं भने २५ वर्षपछि हामी २२ औं शताब्दीमा जानेछौं । नेपाली जनताले जे चाहन्छन्– त्यही हुनेछ । हेरौं अब नेपाली जनता १८ औं शताब्दीमा फर्कन चाहन्छन् कि २२ औं शताब्दीमा जान चाहन्छन् ?

सबै समस्याको जड के हो ?
१. सामाजिक मतभिन्नता

२. आर्थिक असमानता

३. राजनीतिक मतभेद

माथि उल्लेखित यी तीन कारणले गर्दा नेपाल अहिलेको अवस्थामा आइसकेको हो । जहाँ, तराईमा सीके राउत तयारी छन् । समाजका दुई जातबीचको सामाजिक मतभिन्नता हामीले समाप्त गर्न सक्यौं भने बाँकी दुईवटा समस्या समाधान गर्न हामीले धेरै काम गर्नुपर्दैैन । नेपालका सबै जनताले बुझ्नुपर्छ कि नेपालको तराईमा बस्नेले के खान्छ, के लगाउँछ ? के बोल्छ ? त्योसँग पहाडका जनतालाई केही मतलब हुनुहुँदैन । र, पहाडमा बस्नेले के बोल्छ, खान्छ, र लगाउँछ– त्योसँग तराईवासीलाई वास्ता हुनुभएन । यहाँ सबै नेपालीले अर्काकाले के गर्छ– त्योसँग हामीलाई मतलब छैन भन्ने प्रण लिनुपर्छ । अर्काको काममा टाङ अड्याउनु छैन । त्यो पछ्यौटे बानी हामी नेपालीले सँधैको लागि हटाउनुपर्छ । यसो गर्न सकेनौं भने नेपाल अर्को सिरिया बन्न एक वर्षभन्दा बढी लाग्दैन । भुटान, बर्मा, बंगलादेश र श्रीलंकाले गृहयुद्ध रोक्नलाई के गर्न सकेन त्यो अब हामीलाई थाहा छ । त्यो जातीय समानता दिवसको कमी हामी नेपालीले पूरा गर्नुपर्छ ।

के नेपाल टुक्र्याउन खोज्नेहरु विदेशी हुन् ? होईनन । घरमा अंशबण्डाको हिस्सा माग्न छिमेकी आउँदैनन् । जहाँ पनि आफ्नै सहोदर दाजुभाइले समान अधिकार र अंश खोज्छन् । नेपालमा माडवारीहरुले कहिलेपनि अर्को देश मागेका होईनन् । तिनीहरु जहाँपनि पैसा कमाउन जान्छन् । राजनीति गर्न जाँदैनन् । आफ्नो लागि छुट्टै देश बनाउने माग तिनीहरुले सोचेका पनि छैनन् । तराईवासी नेपाल देश बन्नुभन्दा पहिलादेखि त्यहाँ बसिरहेका छन् । नेपाल एकीकरण हुनुभन्दा पहिलाको पुराना बस्ती विदेशी कहिल्यै हुन सक्दैनन् । तराई ब्रिटिश ईण्डियाबाट टुक्रेर नेपालमा गाभियो । तर, तराईवासी भारतबाट आएका होइनन् । तराईवासीलाई भारतसँग केही वास्ता छैन । कसैको मामाघर उता र कसैको यता छ । योमात्रै सम्बन्ध भारत र तराईवासीबीच छ । आफ्नै घरमा अधिकार नपाएर पछि तराईवासी अधिकार माग्न छिमेकी भारतको घरमा माग्न जाने होइन, आफ्नै घरमा माग्ने हो । त्यहाँबाट मागेर अधिकार पाउने भए उनीहरुले मागिसकेका हुन्थे । तराईवासीसँग भारतमा बस्ने कुनै ठाउँ छैन । त्यही कारणले तराईवासीले अर्को देश मागेको हो । समयमै हामीले समस्या चिनेर त्यसको समाधान खोज्ने बेला आइसकेको छ ।

यो महाअभियानमा नेपाल सरकारको योगदान
१. नेपालका सबै सञ्चारमाध्यममा यो महाअभियान चलाउने कार्यमा समर्थनको प्रतिबद्धता

२. यो महाअभियानमा लाग्ने सबै संघसंगठन र युवालाई स्थानीय समुदायमा सुरक्षाको आश्वासन

३. नेपाल सरकारको पूर्ण समर्थनविना यो महाअभियान कहिल्यै पनि सुरु र सम्पन्न हुन सक्दैन । हामी अमेरिकाबाट नेपाल सरकारको पूर्ण समर्थनको आश्वासन नपाउन्जेल समय कटाउन नेपाल आएर संघर्ष गर्नमा बर्वाद गर्न सक्दैनौं ।

नेपाली जनताले यस महाअभियानको लागि के गर्न सक्छन् ?
१. नेपाली राजनीतिकर्मीलाई यो अभियान सुरु गर्न दबाव दिने

२. हरेक वडामा युथ फर ट्वेन्टी फर सेञ्चुरीको स्वतस्फूर्त शाखा गठन

३. विशेष आधिकारिक अपडेटको लागि जय साहलाई फेसबुक पेजमा फलो गर्ने

कस्तो महाअभियान हो यो हामी नेपाल टुक्रिन दिन्नौं भन्ने अभियान ?

१. नेपालमा भएका तराई आन्दोलन, प्रजातन्त्र स्थापना र पुनःस्थापना गर्ने आन्दोलनभन्दा पनि ठूलो अभियान

२. तराईवासी नेपाली हुन् र तराईवासीलाई देश टुक्र्याउने कुनै मनशाय छैन ।

३. नेपाललाई तोड्न खोज्ने विदेशी गैससभन्दा ठूलो शक्तिशाली गैसस बनाउने अभियान

४. नेपाली भनेको हिमाली, पहाडी र तराईवासी तीनवटै समुदायको हो । नेपाली प्लस तराईवासी ईस ईक्युल टु नेपाली भन्ने शब्दावली गलत हो । तराईवासी प्लस पहाडी प्लस हिमाली इज इक्वाइल टु नेपाली भन्ने शब्दावलीचाहिँ सही हो ।

सीके राउतभन्दा १० हजार गुणा ठूलो देशप्रेमी तराईवासी युवाको संगठन तराई र पहाड दुवै ठाउँमा हुनुप¥यो । र, यो संगठनको शाखाले पहाडमा तराईबारे सकारात्मक कुरा बोल्ने र तराईमा पहाडबारे सकारात्मक कुरा बोल्ने । दुवै संगठनले मिलेर जातीय भेदभाव हटाउने महाअभियान सुरु गर्ने ।
देशभरि राष्ट्रिय एकता र राष्ट्रप्रेमको भावना जगाई अदालतमा गएर दुवै समुदायको मान्छेले आ÷आफ्नो डाटा ल्याई कसको के अधिकार खोसेको भन्नेबारे प्रमाण गर्ने र त्यसपछि प्रमाणित भएपछि र समान अधिकार प्राप्तिमा दुवै समुदाय मिलेर अघि बढ्ने अभियान ।

jackson ribon