birat ribon

कसको नाममा रह्यो च्याम्पियन्स लिगको ८ हजारौं गोल ?

Neuro
कसको नाममा रह्यो च्याम्पियन्स लिगको ८ हजारौं गोल ?

विराटनगर, असोज १८
युरोपियन च्याम्पियन्स लिग फुटबलको इतिहासमा गत राति ८ हजारौं गोल पूरा भएको छ । एकैदिन भएका ८ खेलमध्येबाट लिगमा ८ हजार गोलको कोसेढुंगा पूरा भएको हो ।

cura insider

तर, ८ हजारौं गोल कसको नाममा रहने भन्नेमा फरक देखिएको छ । गत रातिको खेलमा एथ्लेटिको मड्रिडका एन्टोनी ग्रीजमान र टोटनह्यामका एरिक लमेलाले केही सेकेन्डको फरकमा गोल गरेका थिए । ती २ मध्ये कुन गोलले ८ हजारौं गोलको मान्यता दिने भन्ने अन्योल भएको हो ।

यद्यपि, च्याम्पियन्स लिगको अफिसियल ट्वीटर अकाउन्टले भने ग्रीजमानको गोललाई ८ हजारौं गोलको मान्यता दियो । यता, ओप्टाले भने लामेलाको गोललाई ८ हजारौं गोल मानेको छ ।

खेल दौरान समयअनुसार ग्रीजमानले ६७औं मिनेटमा गोल गरेका थिए भने लामेलाले ६६औं मिनेटमै गोल गरेका थिए ।

तर, वास्तविक समयअनुसार ग्रीजम्यानको गोल लामेलाको भन्दा अघि रहेको युइएफएले जनाएको छ । सोही कारणले ग्रीजम्यानको गोलले ८ हजारौं गोलको मान्यता पाएको हो ।

jackson ribon