birat ribon

‘कामीले खेतमा पानी हाल्न पाउँदैनस्’ भन्दै वृद्धमाथि कुटपिट !

Neuro
‘कामीले खेतमा पानी हाल्न पाउँदैनस्’ भन्दै वृद्धमाथि कुटपिट !

दाङ, असोज १८
खेतीमा पानी लगाउने विषयमा विवाद हुँदा यहाँको तुलसीपुरमा एक वृद्ध कुटिएका छन् । पानी लगाउने विषयमा जातीय लान्छना लगाएपछि बढेको विवादबीच तुलसीपुरका एक वृद्धमाथि सोही गाउँका अर्का व्यक्तिबाट कुटपिट भएको हो ।

cura insider

तुलसीपुर उपमहानगरपालिका–१८, दूधरासस्थित लमैटोलका ६३ वर्षीय कर्णबहादुर कामी कुटिएका हुन् । उनलाई सोही ठाउँका तीर्थ पन्थीले जातीय लान्छना लगाउँदै कुटेका हुन् ।

कुलोको पानी कसको खेतमा लगाउने भन्ने विषयमा उनीहरूबीच विवाद भएको थियो । अर्काको पालो मिचेर पन्थीले आफ्नो खेतमा पानी लगाएपछि कामीले विवाद गरेका थिए । त्यसक्रममा पन्थीले कुटपिट गरेको पीडितले बताए ।

‘मेरो खेतमा लगाउने पानी कामीले छुने भन्दै ममाथि कुटपिट भयो,’ पीडितले भने, ‘खेतमा पानी लगाउने दिन मेरो थियो, उनले पालो मिचेर आफ्नो खेतमा लगाए ।’

पीडितका अनुसार पन्थीले ‘कामीले पनि खेतमा पानी हाल्ने?’ भन्दै कोदालीले प्रहार गरेको बताए ।

यसअघि पनि पन्थीले कामी र उनका परिवारमाथि कुटपिट गर्दै आएको पीडितको भनाइ छ । यसपटक भने पीडितले प्रहरीकहाँ मुद्दा दर्ता गराएका छन् ।

तर, अहिले कुटपिट गर्ने पन्थी भने फरार छन् । दूधरासस्थित अस्थायी प्रहरीचौकीले उनको खोजी गरिरहेको छ ।

jackson ribon