birat ribon

नेयमारले ह्याट्रिक गरेपछि पीएसजीको शानदार जित, रेड स्टार ६–१ ले पराजित !

Neuro
नेयमारले ह्याट्रिक गरेपछि पीएसजीको शानदार जित, रेड स्टार ६–१ ले पराजित !


एजेन्सी, असोज १८
च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेड स्टार बेलग्रेडविरुद्ध शानदार जित निकालेको छ । बुधबार रातिको खेलमा फ्रेन्च क्लब पीएसजीले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६–१ ले पराजित गरेको हो ।

cura insider

पीएसजीको जितमा स्टार खेलाडी नेयमारले ह्याट्रिक गरे भने इडिन्सन काभानी, एन्जल डी मारिया, किलियन एम्बाप्पेले समान एक–एक गोल गरे । नेयमारले २०, २२ र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

पीएसजीको घरेलु मैदानमा भएको खेलमा रेड स्टारका मार्को मारिनले ७ औं मिनेटमा गोलको सुरुवात गरेपनि पीएसजीले पहिलो हाफमै ४ गोल गरेर ४–१ को अग्रता बनाएको थियो । नेयमारले २ मिनेटको अन्तरमा २ गोल गरेका थिए भने काभानी र डी मारियाले एक–एक गोल थप्दै पहिलो हाफमा ४–१ को अग्रता बनाएका थिए ।

यसैगरी दोस्रो हाफको ७० औं मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने ८१ औं मिनेटमा नेयमारले गोल गर्दै रेड स्टारको पोस्टमा गोलको वर्षा गराए ।

यससँगै समुह ‘सी’मा रहेको पीएसजीले ३ अंक थपेको छ । पहिलो खेलमा पीएसजी लिभरपुलसंग पराजित भएको थियो ।

jackson ribon