birat ribon

टिपरले घाइते बनाएपछि स्थिति तनावग्रस्त, टिपरमा आगजनी !

Neuro
टिपरले घाइते बनाएपछि स्थिति तनावग्रस्त, टिपरमा आगजनी !


भक्तपुर, असोज १७
भक्तपुरको सूर्यविनायकमा मोटरसाइकलमा सवार व्यक्तिलाई टिपरले ठक्कर दिई घाइते बनाएपछि स्थिति तनावग्रस्त बनेको छ । बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुईजना घाइते भएपछि सो स्थानमा स्थिति तनावग्रस्त बनेको हो ।

cura insider

टिपरको ठक्करबाट नाम खुल्न नसेकेका दुई जना गम्भीर घाइते भएका छन् भने टिपरमा आगजनी भएको छ । दुर्घटनापछि स्थानीयले सो टिपरमा आगजनी गर्दै स्थिति तनावग्रस्त बनाएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको छ ।

jackson ribon