बर्दिवास, असोज १७
महोत्तरीको भङ्गाहा नगरपालिकामा एक दलित विद्यार्थी फोहोर नटिपेको आरोपमा विद्यालयबाट निष्कासन भएका छन् । भङ्गाहा–९ हरिनमरीका सिकिन्दर मरिक डोमका १२ वर्षीय छोरा मुकेश आफ्नै बस्तीको किशोरी जनता माविबाट मङ्गलबार निष्कासन गरिएका हुन् ।
कक्षा ७ मा पढ्दै गरेका मुकेशले आफूलाई प्रधानाध्यापक मनोहरप्रसाद यादवले विद्यालय परिसरमा छरिएको फोहर सफा नगरेको निहुँमा निष्कासन गरिएका हुन् । विद्यालयमा यही असोज १० गते लेखापाल राकेश यादवकी हजुरआमाको क्रियाभोज खाँदा मिल्किएको फोहर सफा नगरेको भन्दै निष्कासन गरिएको पीडित मुकेशले बताएका छन् ।
यसैगरी उनका आमाबाबुले पनि आपूmहरुलाई नीच जातको भनेर प्रअले हेपेको बताएका छन् । मुकेशका बाबु हरिनमरीले आफूलाई पनि प्रअले बारम्बार फोहर सफा गर भन्दै हप्काएको बताए । साथै उनले असोज १० गते विद्यालय नै बन्द गरेर परिसरमा खुवाइएको भोजका जुठा पात डोम भएकै कारण आफ्नो छोरालाई सफा गर्न लगाइएको बताए ।
विद्यालयबाट निष्काशित मुकेश आपूmमाथि न्याय हुनपर्ने भन्दै अहिले बस्तीका भद्रभलादमी गुहारिरहेका छन् भने प्रअ यादवले फोहर सफा गर्न आफूसमेत सरीक रहेको बताएका छन् ।