birat ribon

खुल्ला ब्याडमिन्टनको उपाधि भोजपुरलाई, द्धितिय बन्यो सुनसरी

Neuro
खुल्ला ब्याडमिन्टनको उपाधि भोजपुरलाई, द्धितिय बन्यो सुनसरी


बाबुराम बास्तोला
संखुवासभा, असोज १७
जिल्ला ब्याडमिन्टन संघ संखुवासभाको आयोजनामा भएको चौथो नरबहादुर विष्णुमाया स्मृति खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगताको उपाधि भोजपुरले हात पारेको छ । प्रतियोगितामा सुनसरी द्धितिय भएको छ ।
सदरमुकाम खाँदबारीमा भएको फाइनल खेलमा भोजपुरका विशाल तामाङ र प्रवीण बस्नेतको जोडीले सुनसरीका थमानसिहं गुरुङ र रविन साउदेनलाई पराजित गर्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा उल्लास बिसुङके र सृजल पोख्रेल तथा दीपक खड्का र मोहन कटुवालको जोडी तृतिय भएको छ ।

cura insider

जोगवीर प्रतिष्ठान संखुवासभाले प्रायोजन गरेको प्रतियोगिताको सेमिफाइनलमा भोजपुरले संखुवासभाका दीपक खड्का र मोहन कटुवालको जोडीलाई पराजित गर्दै फाइनल प्रवेश गर्दा सुनसरीले संखुवासभाकै उल्लास विसुङ्के र सृजल पोख्रेलको जोडीलाई पराजित गरेको खेल संयोजक क्षितिज बरालले बताए ।

उनका अनुसार प्रतियोगिताको अनुसासित खेलाडी रविन साउदेन र उत्कृट खेलाडी मोहन कटुवाल घोषित् भए । विजेता बनेको भोजपुरले नगद ३० हजार हात पार्दा उपविजेता बनेको सुनसरीले नगद १० हजार हात पार्यो । तृतिय बनेकाहरुले नगद ५ ÷५ हजार पुरस्कार प्राप्त गरेका छन् । गत १४ गते सुरु भएको प्रतियोगितामा संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी र मोरङका २८ वटा टोलीको सहभागिता रहेको थियो ।

jackson ribon