birat ribon

नीता भन्छिन्, ‘जवानीको बजार लाग्या छ’ (भिडियो)

Neuro
नीता भन्छिन्, ‘जवानीको बजार लाग्या छ’ (भिडियो)


विराटनगर, असोज १७

नायिका नीता ढुंगाना अभिनित चलचित्र ‘दि कर्मा’ को गीत सार्वजनिक भएको छ । नायिकाद्वय नीता र परमिता राणा र कलाकार बुद्धि तामाङ (हैट) लगायत अभिनित सो चलचित्रको ‘बजार लाग्या छ’ बोलको गीत सार्वजनिक भएको हो ।

cura insider

सार्वजनिक गीतमा नीता, परमिता, बुद्धि र भारतीय मोडेल तथा कलाकार करण वर्मालाई देखाइएको छ । यसका साथै निर्देशक देवकुमार श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ । यो गीतमा कोशिष क्षेत्रीको शब्द तथा संगीत, मनिषा पोखरेलको स्वर छ ।

यस चलचित्र ‘दि कर्मा’ को टिजर केही दिनअघि मात्र सार्वजनिक भएको थियो । मंसिर ७ गते प्रदर्शन मिति तोकिएको सो फिल्मलाई देवकुमार श्रेष्ठ निर्देशन गरेका हुन् । नेपालको तराई क्षेत्र र भारतको सिक्कीममा छायांकन गरिएको यस चलचित्रलाई जय राज राय र निशा खतिवडाले निर्माण गरेका हुन् ।

नेपाल र भारत सिमा क्षेत्रमा हुने घटनामा बनेको यस चलचित्रमा कथा जय राज रोय कै हो भने छायांकन रामेश्वर कार्कीले गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको यस चलचित्रलाई भारतमा समेत प्रदर्शन गरिने निर्माता रायले जानकारी दिएका छन् । उनका अनुसार यो चलचित्र नेपाली र हिन्दी भाषामा बनेको छ ।

https://www.youtube.com/watch?v=Df75Pjs1_2c

jackson ribon