birat ribon

काठमाडौंबाटै ७ वर्षीय बालकको अपहरण : प्रहरीद्वारा ‘अप्रेसन’ तीब्र

Neuro
काठमाडौंबाटै ७ वर्षीय बालकको अपहरण : प्रहरीद्वारा ‘अप्रेसन’ तीब्र

काठमाडौं, असोज १७
काठमाडौंबाट एक बालक अपहरणमा परेका छन् । आज काठमाडौंको गोठाटारस्थित तेजविनायक विद्यालय क्षेत्रबाट ७ वर्षीय बालक अपहरणमा परेका हुन् ।

cura insider

बालक आज दिउँसो करिब साढे २ बजेतिर अपहरणमा परेका हुन् । अहिले अपहरित बालकको नाम खुलाइएको छैन ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाका अनुसार ३ जनाको समूहमा गाडीमा आएका अज्ञात व्यक्तिले बालकलाई जबर्जस्ती उठाएर लगेका थिए ।

अपहरित बालकको परिवारलाई हालसम्म फिरौतीका लागि फोन वा धम्की नआएको बताइएको छ ।

यता, प्रहरीले अपहरित बालकलाई सकुशल अपहरणमुक्त गर्न विशेष टिम बनाएर अप्रेसन सुरु गरिसकेको एसएसपी लामाले बताए ।

jackson ribon