birat ribon

सप्तरीबाट ओली सरकारलाई राजेन्द्र महतोको तीर– ‘हेर्दाहेर्दै रक्षक नै भक्षक बने’

Neuro
सप्तरीबाट ओली सरकारलाई राजेन्द्र महतोको तीर– ‘हेर्दाहेर्दै रक्षक नै भक्षक बने’

सप्तरी, असोज १७
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ओली सरकार समाजमा शान्ति कायम गर्नबाट चुकेको बताएका छन् । उनले आफ्नो पार्टीले नयाँ संविधान संशोधनको माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाउन लागेको बताउँदै यस्तो बताएका हुन् ।

cura insider

बुधबार राजविराजमा पत्रकारसँग कुरा गर्दै महतोले आगामी सोमबार जिल्ला प्रशासन कार्यालयहरूबाट संविधान संशोधनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी पार्टीले गरेको बताए ।

पत्रकारसँगको कुराकानीक्रममा नेता महतोले हालको सरकार देश सञ्चालनक्रममा चुकिसकेको बताए । उनले सरकारले संविधान संशोधन गर्न, अपराधीलाई दण्ड दिलाउन, भ्रष्टाचार रोक्न असफल भएको भन्दै त्यसका लागि आफूहरूले ज्ञापनपत्र बुझाउने बताए ।

‘देशमा अहिले भ्रष्टाचार, हत्या–हिंसा र बलात्कार बढेको छ, महँगी अकासिँदो छ,’ उनले भने, ‘यस्ता कुरा सम्बोधन गर्न सरकार चुकिरहेको छ ।’

नेता महतोले अहिले सरकारका निकाय र त्यसभित्रका मानिस नै अपराधी लुकाउनतिर लागेको बताउँदै जनताले दुःख पाएको बताए । ‘अहिले रक्षक नै भक्षक भएको स्थिति छ,’ नेता महतोले भने, ‘एउटी किशोरी बलात्कृत तथा हत्या भएको घटनाको दोषी अहिलेसम्म पत्ता लाग्दैन भने सरकारले के काम गरिरहेको छ ?’

jackson ribon