birat ribon

‘छक्का पन्जा–३’ को नयाँ दसैं गीत सार्वजनिक, कलाकारले यसरी हाने र्‍याप ! (भिडियो)

Neuro
‘छक्का पन्जा–३’ को नयाँ दसैं गीत सार्वजनिक, कलाकारले यसरी हाने र्‍याप ! (भिडियो)

cura insider

काठमाडौं, असोज १७
चर्चित फिल्म ‘छक्का पन्जा–३’ को दसैं गीत सार्वजनिक भएको छ । दसैंलाई प्रदर्शन मिति तोकिएको फिल्मको दसैं गीत आज युट्युबबाट सार्वजनिक गरिएको हो । यो फिल्मको प्रदर्शन मिति असोज २४ गतेलाई तोकिएको छ ।

निर्माण पक्षले यो गीत भने फिल्मको प्रचारमा सहयोग पुग्ने हिसाबले तयार पारेको छ । यो गीत पनि यसअघि सार्वजनिक भएको गीत ‘पहिलो नम्बरमा’ कै धुनमा बनेको छ ।

गीतको बोल ‘छक्का पन्जा ३, घटस्थापनाको दिन’ रहेको छ । गीत डेबिड शंकरले गाएका हुन् । गीतमा दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालको आधुनिक शैलीको नाच हेर्न सकिन्छ । गीतमा धुन भने दीपक शर्माको रहेको छ ।

दसैं गीत केदार घिमिरेले लेखेका हुन् । उनी फिल्मका कलाकारसमेत हुन् । गीतमा फिल्मकै प्रचार गरिएको छ । जहाँ फिल्म प्रदर्शनको मिति तोकेर सो दिन फिल्म हेर्न जान अपिल गरिएको छ ।

यो फिल्लमा दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । फिल्ममा यसअघिका सिरिजमा रहेका कलाकार प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइरालाको पनि आतिथ्य अभिनय रहेको छ ।

jackson ribon