birat ribon

च्याम्पियन्स लिगमा आज हुँदैछन् यी ठूला चार भिडन्त

Neuro
च्याम्पियन्स लिगमा आज हुँदैछन् यी ठूला चार भिडन्त

काठमाडौं, असोज १७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणअन्तर्गत दोस्रो राउन्डका खेल हुँदैछन् । अघिल्लो दिन ८ खेल सकिएपछि आज पनि जम्मा ८ खेल एकैदिन हुँदैछन् ।

cura insider

आजको खेलमा सबैभन्दा चर्चामा रहेको खेल स्पेनिस बार्सिलोना र इंग्लिस क्लब टोटनह्यामबीचको हो । यो खेल टोटनह्यामको घर वेम्बलीमा हुँदैछ । यो खेल आज विशेष गरी घरेलु टोली टोटनह्यामका लागि महत्त्वपूर्ण हुनेछ ।

किनभने, टोटनह्याम यसअघि पहिलो खेलमा इटालीको क्लब इन्टर मिलानसँग २–१ ले हारेको छ । हाल अंक तालिकामा अंकविहीन हुँदै पुछारमा रहेको टोटनह्याम आज बार्सिलोनालाई आफ्नो घरमा हराएर पहिलो जित दर्ज गर्न चाहन्छ ।

आजको यो खेलको आकर्षण भनेको बार्सिलोनाका कप्तान लिओनल मेस्सी र टोटनह्यामका ह्यारी केन हुन् । यो समयका दुई ठूला स्टार खेलाडी एकअर्काविरुद्ध उत्रिने भएकाले यो खेललाई धेरैले व्यग्रतासाथ कुरिरहेका छन् । खेल आज राति नेपाली समयअनुसार १२ः४५ बजेबाट सुरु हुनेछ ।

आजै हुने अर्को खेलमा गत सिजनको उपविजेता तथा यो सिजन घरेलु लिग प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको लिभपुल खेल्दै । यो खेल नापोलीको घरमा हुनेछ ।

इटालियन टोली नापोलीले आफ्नो पहिलो खेल बेल स्टार बेलग्रेडसँग गोलरहित खेलेर अंक बाँडेको थियो । कमजोर अवस्थामा ऊ आज पाहुना टोली लिभरपुललाई हराएर अंक तालिकामा स्थिति सुधार गर्न चाहन्छ । खेल नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट हुनेछ ।

आज हुने अर्को खेलमा ब्राजिलियन स्टार नेइमारको टोली पिएसजीले रेड स्टार बेलग्रेडको सामना गर्दैछ । पिएसजीको घर पेरिसमा हुने यो खेलबाट पिएसजी प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । यसअघि ऊ लिभरपुलसँग पराजित भएको थियो । यस्तो बेला आज यो खेल पिएसजीका लागि निकै महत्त्वपूर्ण हुनेछ । यो खेल पनि आज राति १०ः४० बजेबाटै हुनेछ ।

आज हुने अन्तिम खेलमा स्पेनको बलियो टोली एथ्लेटिको मड्रिडले क्लब ब्रुगीलाई आफ्नो घरमा स्वागत गर्दैछ । मड्रिडले यसअघि पहिलो खेल जितेको छ । आज आफ्नो घरमा उत्रिँदा ऊ अर्को जितका लागि प्रयास गर्नेछ । यो खेल आज राति नेपाली समयअनुसार १२ः४५ बजेबाट मड्रिडमा हुनेछ ।

jackson ribon