विराटनगर, असोज १७
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनौट ‘बी’–२०१८ अन्तर्गत अहिले जारी खेलमा नेपालले म्यानमारबाट मात्रै ३० रनको झिनो लक्ष्य भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङमा उत्रेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ मात्रै बनाउन सक्यो ।
बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । त्यस्तै, ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र ललित भण्डारीले समान १–१ विकेट लिए ।