birat ribon

पानीको कमी हुँदा शरीरमा देखिने समस्याहरु यस्ता छन्

Neuro
पानीको कमी हुँदा शरीरमा  देखिने समस्याहरु यस्ता छन्

cura insider

पानी हाम्रो जीवनको लागी निकै नै महत्वपूर्ण तत्व हो । पानी बिनाको जीवन हामी कल्पना पनि गर्न सक्देनौं । पानीले हाम्रो शरीर भित्र रहेका विभिन्न विषाक्त तत्वहरुलाई बाहिर निकाल्न मद्धत गर्छ । पानीले हामीलाई स्वास्थ्य राख्न निकै ठुलो भूमिका खेलेको हुन्छ । यदि हाम्रो शरीरमा पानीको कमी भयो भने हाम्रो शरीरमा विभिन्न खालका समस्याहरु देखा पर्ने गर्छन् । त्यसैले हामीले प्रसस्त मात्रामा पानी पिउनुपर्छ ।

पानी कम हुँदा शरीरमा देखिने लक्षणहरु यस्ता छन् :

१.छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु

२.मुख सुक्नु र धेरै तिर्खा लाग्नु

३.टाउको दुख्नु र घाममा हिड्दा चक्कर लाग्नु

४.सधैं थकित हुनु अनि अरु बेला भन्दा छिटो थाक्नु

५. अपच हुनु अनि खाना खानु मन नलाग्नु

६. मुत्रनलीमा संक्रमण हुनु अनि पिसाबमा संक्रमण हुनु

७. मांसपेसी बाउडिने हात खुट्टा निदाउने

jackson ribon