birat ribon

उदयपुरमा किशोरी बलात्कार गर्ने ५ जनालाई १० वर्षको जेल सजाय

Neuro
उदयपुरमा किशोरी बलात्कार गर्ने ५ जनालाई १० वर्षको जेल सजाय

cura insider

उदयपुर, असोज १७
यहाँको कटारी नगरपालिका–४ की १४ वर्षीया किशोरीमाीथ बलात्कार गर्ने मुद्दामा दोषी ठहर भएका ५ जनालाई जिल्ला अदालतले जेल सजाय फैसला गरेको छ । जिल्ला अदालतले ५ जनालाई १० वर्ष ६ महिना जेल सजाय फैसला गरेको हो ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले किशोरी बलात्कार घटनामा संलग्न ५ जनालाई नै दोषी ठहर गर्दै सजाय सुनाएको हो । साथै, उनीहरूबाट जनही २ लाख क्षतिपूर्ति भराउने फैसलासमेत अदालतले गरेको छ ।

जेल सजाय पाउनेमध्ये ४ जना भने १५–१८ वर्ष बीचका रहेका छन् । जिल्ला अदालतकी नायब सुब्बा कमला निरौलाका अनुसार १६ वर्षभन्दा कम उमेरकालाई पहिला सुधार गृहमा पठाएर अन्यलाई जेल चलान गरिएको छ । उमेर १५ वर्ष रहेका एक व्यक्तिलाई भने ७ वर्ष मात्रै सजाय भएको छ ।
गत वर्ष भदौ १६ गते दोषी ठहर भएकाले स्थानीय किशोरीलाई बलात्कार गरेका थिए । अझै पनि बलात्कारमा संलग्न १ जना फरार रहेका छन् ।

jackson ribon