अहिलेको समयमा मासु नखाने मानिस कम नै हुने गर्छन् । हामी खसी , बाख्रा , सुँगुरको मासु बढी खाने गर्छौं । सुगुरको सेकुवा मन पराउने मानिसहरु धेरै पाइन्छन् । मासु स्वास्थ्यको लागी पनि निकै नै लाभदायक मानिन्छ । तर मासु खाँदा हामीले धेरै कुरामा ध्यान दिनुपर्छ । एक अध्ययनले सुँगुरको मासु हाम्रो लागी हानिकारक हुने देखाएको छ । यसले गर्दा मानसिको स्वास्थ्यमा विभिन्न खालका असरहरु पर्न पर्ने पत्ता लागेको छ । त्यसैले सुँगुरको मासुलाई हानिकारक मानिन्छ ।
सुँगुरको मासु यस कारणले हानिकारक छ :
१) एक अध्ययनले सुँगुरको मासुमा हेपाटाइटिस इ को भाइरस हुने बताएको छ । जसले गर्दा मानसिको कलेजो खराब हुन्छ र मानिसको ज्यान पनि जानसक्छ ।
२) शोधकर्ताका अनुसार सुँगुरको मासुले मल्टीपल स्केलेरोसिस जस्ता भयांकर बिमारको खतरा बढाउँछ । जसको कारण दृष्टिमा समस्या हुनु, मांसपेशी कठोर हुनु, संवेदना कम हुनु जस्ता समस्याहरु देखापर्छन् ।
३) यसमा पथोगेन्स हुन्छ, जसले स्नायु प्रणालीलाई प्रभावित गर्छ । त्यती मात्र कहाँ हो र ? सुँगुरको मासुमा अघुलनसिल बोसो हुन्छ, जो लिभर क्यान्सरको कारण बन्न सक्छ ।