birat ribon

रोनाल्डोमाथि लागेको बलात्कार आरोपमा प्रहरीले अनुसन्धान थाल्यो

Neuro
रोनाल्डोमाथि लागेको बलात्कार आरोपमा प्रहरीले अनुसन्धान थाल्यो

एजेन्सी, असोज १७
इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेलिरहेका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपमाथि अनुसन्धान सुरु भएको छ ।

cura insider

लस भेगस प्रहरीले रोनाल्डोमाथि क्याथरोन मायोगाले लगाएको बलात्कार आरोपमाथि सुरुबाट छानबिन थालेको खबर छ ।

मायोगाले सन् २००९ मा रोनाल्डोले आफूमाथि एक होटलमा बलात्कार गरेको आरोप लगाएकी छन । उनले केही दिनअघि जर्मन मिडियासँग बोल्दै यस्तो आरोप लगाएकी थिइन् ।

यस्तो आरोप सार्वजनिक भएपछि रोनाल्डोले भने सामाजिक सन्जाल इन्स्टाग्रामबाट प्रतिक्रिया दिँदै बलात्कारको आरोप लगाइएको समाचारलाई ‘फेक न्युज’ भन्दै क्याथरिनको आरोपको ठाडै अस्वीकार गरिसकेका छन् ।

यता, लस भेगस प्रहरीले भने पहिला पनि यस आरोपमाथि छानबिन गरिसकेको थियो । सन् २००९ मै अनुसन्धान पूरा भएको यस आरोपमाथि त्यसबेला प्रहरीले कोही दोषी नरहेको पुष्टि गरेको थियो ।

तर, प्रहरीले घटनाको करिब ९ वर्षपछि पुनः फाइल खोलेको जनाएको छ । ‘२०१८ सेप्टेम्बरमा यो फाइल फेरि खोलिएको छ । र, हाम्रा अधिकारी प्राप्त सूचनालाई पछ्याइकेका छन्,’ लस भेगस प्रहरीले भनेको छ ।

खबरअनुसार आरोप लगाउने क्याथरिनले लस भेगास प्रहरीमा घटना भएकै बेला उजुरी दिएकी थिइन् । तर, अर्को वर्ष रोनाल्डोले उनलाई ३ लाख ७५ हजार डलर दिएर घटना बाहिर नल्याउने गरी सम्झौता गरेको बताइएको छ ।

jackson ribon