birat ribon

रोकिएन सुन तस्करी : काठमाडौंबाट ५ किलो सुनसहित अर्का व्यक्ति पक्राउ

Neuro
रोकिएन सुन तस्करी : काठमाडौंबाट ५ किलो सुनसहित अर्का व्यक्ति पक्राउ

काठमाडौं, असोज १७
पछिल्लो समय अवैध सुन तस्करी तथा ओसारपसारका घटना सार्वजनिक भइरहेका बेला काठमाडौंबाट फेरि ठूलो परिमाणको सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको बालाजुबाट सोमबार बेलुका ५ किलो सुनसहित एक व्यक्ति पक्राउ परेका हुन् ।

cura insider

प्रहरीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बालाजुको तीनपिप्ले भन्ने ठाउँबाट नियमित चेकजाँचक्रममा सो परिमाणको सुनसहित एकजनालाई पक्रेको हो ।

प्रहरी परिसरका डिएसपी होमेन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा रसुवाका १८ वर्षीय सोबहादुर तामाङ रहेका छन् । उनले सुन रसुवागढी नाकाबाट भित्र्याएको खुलेको छ ।

पक्राउ परेका व्यक्तिले दिएको बयानअनुसार सुनका धनी भने अर्कै व्यक्ति रहेका छन् । पक्राउ परेका सोमबहादुर भरिया मात्रै रहेको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।

गत असोज ९ गते सोही नाकाबाट सुन ल्याउँदै गरेका २ जनालाई प्रहरीले ३ किलो सुनसहित पक्रेको थियो ।

jackson ribon