birat ribon

सुनील शेट्टीका छोरा पनि अब हिरो, तेलेगु फिल्मबाट डेब्यु गर्दै

Neuro
सुनील शेट्टीका छोरा पनि अब हिरो, तेलेगु फिल्मबाट डेब्यु गर्दै

cura insider

एजेन्सी, असोज १७
बलिउडका चर्चित नायक सुनील शेट्टीका छोरा अहान शेट्टी पनि बलिउडमा देखिने भएका छन् । अहानले तामिल फिल्म ‘आरएक्स–१००’ फिल्मको हिन्दी रिमेकबाट फिल्मी उद्योगमा पाइला टेक्न लागेका हुन् ।

सो फिलमको रिमेक गरी निर्माण गर्न घोषणा साजिद नाडियालवालले गरेका छन् । उनले रिमेकका लागि निर्मातबाट अधिकार खरिदसमेत गरिसकेका छन् ।

साजिद तिनै व्यक्ति हुन्, जसले ज्याक श्राफका छोरा टाइगरलाई सन् २०१४ मा ‘हिरोपन्थी’बाट डेब्यु गराएका थिए ।

यता, साजिदले भने आफूले रिमेक गर्न लागेको फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरेका छन् । सो फिल्मका लागि आगामी वर्षको मे महिनालाई रिलिज मिति घोषणा गरिएको छ ।

सुनील शेट्टीलाई पनि कुनैबेला साजिदले नै डेब्यु गराएका थिए । सुनीलले सन् १९९३ मा एक्सन ड्रामा फिल्म ‘वक्त हमारा है’ बाट बलिउड यात्रा थालेका थिए ।

jackson ribon