birat ribon

कलेजो खराब हुनुको प्रमुख कारणहरु यस्ता छन्

Neuro
कलेजो खराब हुनुको प्रमुख कारणहरु  यस्ता छन्

cura insider

 

कलेजो हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अङ्ग हो । यसले हामीलाई खाना पचाउन मद्धत गर्छ । कलेजोमा समस्या आउनाले हामीले खाएको खाना राम्रोसँग पच्न पाउदैन । हाम्रो खानपानले पनि हाम्रो कलेजोमा असर पुर्याउने गर्छ । विभिन्न कारणहरुले गर्दा हाम्रो कलेजोमा समस्याहरु आउने गर्छन् । हामीले के कारणले गर्दा हाम्रो कलेजोमा समस्या आउँछ भन्ने कुरा जान्न सक्यौं भने हाम्रो कलेजो स्वास्थ्य रहन्छ ।

कलेजोमा समस्या आउनुको कारणहरु यस्ता छन् :

१) धेरै गुलियो खानेकुराहरु खाँदा हाम्रो कलेजोमा अतिरक्त दवाव पर्ने गर्छ । यसले गर्दा हाम्रो कलेजोमा बोशोहरु जम्छ । जुन हाम्रो कलेजोको लागि हानिकारक हो ।

२) पारासिटामोल र पेनकिल्लरको बढी प्रयोग गर्नाले हाम्रो कलेजो खाराब हुने गर्छ ।

३) मदिरासेवन गर्नाले हाम्रो शरीरमा विषाक्तहरु जम्मा हुने गर्छन् । जसले हाम्रो कलेजोलाई खराब गर्छ ।

४) चिकित्सकको परामर्श बिना सप्लिमेन्ट खासगरी भिटामिन ए लिनु कलेजोलाई हानी पुर्‍याउनु हो ।

५) विभिन्न जंक फुड जस्तै बर्गरको सेवनले हाम्रो कलेजोको कार्य क्षमतामा कमी ल्याउँछ ।

६) चुरोटमा रहेका केहि टक्सिक केमिकल कलेजोको सेल्सलाई नष्ट गर्छ । त्यसैले धुम्रपान कलेजोको लागी हानिकारक मानिन्छ ।

jackson ribon