birat ribon

आइसिसी विश्व ट्वान्टी–२० : नेपाल र म्यानमार आज भिड्दै

Neuro
आइसिसी विश्व ट्वान्टी–२० : नेपाल र म्यानमार आज भिड्दै

cura insider

विराटनगर, असोज १७
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनौट ‘बी’–२०१८ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेल खेल्दैछ । क्षेत्रीय छनौटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्य लिएको नेपालले आज मलेसियामा पहिलो खेल म्यानमारसँग खेल्न लागेको हो ।

यसपटक नेपाली टोलीले यस छनौट खेलको विजेता बन्ने लक्ष्य लिएको छ । मलेसिया उड्नुअघि नेपाली टोलीका कप्तान पारस खड्काले पनि आफूहरूको लक्ष्य च्याम्पियन बन्ने रहेको बताएका थिए ।

नेपाल रहेको समूह ‘बी’मा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् ।

आज म्यानमारसँग खेलेपछि नेपालले दोस्रो खेल अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ । त्यसपछि अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग नेपालले आफ्नो खेल खेल्ने तालिका रहेको छ ।

आज हुने म्यानमारसँगको खेल नेपाली समयअनुसार मध्याह्न १२ः१५ बजेदेखि सुरु हुँदैछ ।

यस छनौट खेलको शीर्ष तीनभित्र पर्ने टोली क्षेत्रीय छनौटको अन्तिम चरणमा पुग्छ । युएई र कतार यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा प्रवेश गरिसकेका छन् । अन्तिम चरणमा जम्मा ७ टोली हुनेछन् ।

jackson ribon