birat ribon

च्याम्पियन्स लिग : रोमाको फराकिलो जित, डेज्कोले गरे ह्याट्रिक

Neuro
च्याम्पियन्स लिग : रोमाको फराकिलो जित, डेज्कोले गरे ह्याट्रिक

cura insider

विराटनगर, असोज १७
अघिल्लो खेलमा स्पेनको टोली रियल मड्रिडसँग नमिठो हार व्यहोरेको इटालियन क्लब रोमाले युरोपियन च्याम्यिन्स लिग फुटबलको समूह चरणको दोस्रो खेलमा शानदार जित दर्ता गरेको छ ।

गत राति आफ्नो घरेलु मैदानमा भएको खेलमा उसले प्लेजनमाथि ५–० को फराकिलो जित निकालेको हो । रोमाले सुरुबाटै एकपक्षीय बनाएको खेलमा इडेन डेज्कोले ह्याट्रिक गरे ।

डेज्कोले खेलको ३ र ४०औं मिनेटमा गोल गरेका थिए भने अतिरिक्त समयमा अर्को गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यसैगरी, ६४औं मिनेटमा केन्गिज अन्डरले गोल गर्दा ७३औं मिनेटमा जस्टिन क्लुइभर्टले गोल गरेपछि रोमाले ५–० ले खेल जित्यो ।

रोमा यसअघि पहिलो खेलमा रियल मड्रिडसँग ३–० ले हारेको थियो । अब यो जितसँगै रोमा पहिलो जितबाट ३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा चढेको छ ।

jackson ribon