birat ribon

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड आफ्नै घरमा बराबरीमा रोकियो, मोउरिन्होलाई तनाव !

Neuro
च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेड आफ्नै घरमा बराबरीमा रोकियो, मोउरिन्होलाई तनाव !

विराटनगर, असोज १७
यो सिजन खराब प्रदर्शन गरिरहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्यिन्स लिग फुटबलको समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकिएको छ । गत राति आफ्नो घर ओल्ड ट्राफोर्डमा भएको खेलमा उसलाई पाहुना टोली स्पेनिस भ्यालेन्सियाले गोलरहित बराबरीमा रोकेको हो ।

cura insider

तुलनात्मक रूपमा खेलका प्रभाव जमाए पनि गोल गर्न नसक्दा युनाइटेडले जित निकाल्न सकेन । पहिलो हाफ र दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न नसक्दा युनाइटेड बिनागोलको बराबरीमा रोकिनु परेको हो ।

यससँगै युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होमाथि थप दबाब बढेको छ । घरेलु लिगमा खराब अवस्थमा रहेका बेला च्याम्पियन्स लिगमा पनि सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि उनलाई क्लबले बर्खास्त गर्न सक्ने सम्भावना बढेको हो ।

युनाइटेडले अघिल्लो खेलमा योङ ब्वाइजलाई भने ३–० ले हराएको थियो । यससँगै युनाइटेड अंक तालिकामा ४ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा युभेन्टस ६ अंकसहित रहेको छ ।

jackson ribon