birat ribon

च्याम्पियन्स लिग : बार्यन म्युनिख आफ्नै घरमा अजाक्ससँग बराबरीमा रोकियो

Neuro
च्याम्पियन्स लिग : बार्यन म्युनिख आफ्नै घरमा अजाक्ससँग बराबरीमा रोकियो

विराटनगर, असोज १७
जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्यिन्स लिग फुटबलको समूह चरणको दोस्रो खेलमा बराबरीमा रोकिएको छ । गत राति आफ्नो घर एरिनामा भएको खेलमा बार्यनलाई पाहुना टोली अजाक्सले १–१ को बराबरीमा रोकेको हो ।

cura insider

खेलमा बार्यनले चौथो मिनेटमै गोल गरेर अग्रता लिएको थियो । सो गोल म्याट्स हुमलेसले गरेका थिए । तर, बार्यनले खेलको २२औं मिनेटमा गोल खायो । उक्त गोल नौउसायर माजारोइले गरेका थिए ।

पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

यो बराबरीपछि बार्यनले आफ्नो समूहको शर्ष स्थानमा बस्ने मौका पनि गुमाएको छ । उसको खातामा समान ४ अंक छ । ऊ समान ४ अंक भएको अजाक्सभन्दा पछि पर्दै दोस्रो स्थानमा छ । अजाक्सले उसलाई गोलअन्तरमा पछि पारेको हो ।

jackson ribon