birat ribon

च्याम्पियन्स लिग : होफेनहेइममाथि म्यानचेस्टर सिटीको कठिन जित

Neuro
च्याम्पियन्स लिग : होफेनहेइममाथि म्यानचेस्टर सिटीको कठिन जित

विराटनगर, असोज १७
प्रमुख उपाधि दाबेदार टोली मानिएको इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्यिन्स लिग फुटबलमा पहिलो र कठिन जित दर्ता गरेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको अवे मैदानको खेलमा सिटीले जर्मन क्लब होफेनहेइमलाई उसकै घरमा २–१ ले हरायो ।

cura insider

निकै प्रतिस्पर्धात्मक खेलमा सिटीले खेलको अन्तिम समयतिर गोल गरेर कठिन जित निकालेको हो । त्यसअघि सिटीले खेल सुरु भएको पहिलो मिनेटमै गोल खाएर खेलमा पछि परेको थियो ।

होफेनहेइमका लागि इसाक बेल्फोडिलले पहिलो मिनेटमै गोल गरेर सिटीलाई रातो बत्ती बालिदिएका थिए । तर, खेलको सातौं मिनेटमा सिटीका लागि सर्जियो अगुइरोले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

दोस्रो हाफमा विजयी गोलका लागि संघर्षरत सिटीलाई गोल गर्न ८७औं मिनेटसम्म लड्नुपरेको थियो । निर्धारित ९० मिनेटको समय सकिन ३ मिनेट बाँकी छँदा डेभिड सिल्भाले गोल गर्दै सिटीलाई कठिन जित दिलाए ।

यससँगै सिटीले च्याम्पियन्स लिगमा पहिलो जित दर्ता गरेको छ । अब उसको खातामा दुई खेलबाट ३ अंक भएको छ ।

jackson ribon