birat ribon

च्याम्पियन्स लिग : योङ ब्वाइजमाथि युभेन्टसको शानदार जित, डिबालाको ह्याट्रिक !

Neuro
च्याम्पियन्स लिग : योङ ब्वाइजमाथि युभेन्टसको शानदार जित, डिबालाको ह्याट्रिक !

विराटनगर, असोज १७
सुपरस्टार क्रिस्टियानो रोनाल्डो रातो कार्डका कारण प्रतिबन्धमा रहेका बेला युरोपियन च्याम्यिन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले दोस्रो खेलमा शानदार जित दर्ता गरेको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा युवा फरवार्ड पाउलो डिबालाले ह्याट्रिक गरेपछि युभेन्टसले स्वीट्जरल्यान्डको क्लब योङ ब्वाइजमाथि ३–० को जित निकाल्यो ।
यससँगै युभेन्टसले समूह चरणको दोस्रो खेलमा पनि लगातार जित हात पारेको छ । यो सिजन युभेन्टसले खेलेका सबै खेलमा शतप्रतिशत जित कायम गरेको छ ।

cura insider

आफ्नो घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन डिबालाले ५, ३३ र ६९औं मिनेटमा गोल गरी ह्याट्रिक गरे ।

योङ ब्वाइज खेलको ७८औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । उसका खेलाडी मोहमद काम्रा रातो कार्ड खाँदै बाहिरिएपछि बाँकी समय योङ ब्वाइज १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

यससँगै युभेन्टसले समूह चरणका दुई खेलमा शतप्रतिशत जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । उसले ६ अंक जोडेको छ । अघिल्लो खेलमा उसले स्पेनिस क्लब भ्यालेन्सियालाई २–० ले हराएको थियो । सोही खेलमा रोनाल्डोले रातो कार्ड पाएका थिए ।

jackson ribon