birat ribon

रंगेलीमा दशैं महोत्सव सुरू, कात्तिक ३० गतेसम्म लाग्ने

Neuro
रंगेलीमा दशैं महोत्सव सुरू, कात्तिक ३० गतेसम्म लाग्ने


रबिन्द्र बराल
विराटनगर, असोज १६
मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजार नजिकै हिजो (सोमबार)देखि ‘रंगेली दशैं मोहत्सव’ सुरु भएको छ । असोज १५ गतेदेखि कार्तिक ३० गतेसम्म संचालन हुने सो महोत्सव रंगेली क्लबको आयोजना सुुुुरु भएको हो ।

cura insider

सोमबार विधिवत रुपमा दशैं मोहत्सवको उद्घाटन गरिएको थियो । सो कार्यक्रममा युवा क्लबले स्थानीय स्तरलाई प्रथमिकता दिँदै स्थानीय व्यक्तिलाई प्रमुख अतिथि बनाएर उदाहरणीय काम गरेको छ । प्रमुख अतिथि कालिमन्दिरका पिठाधिस तिर्थ भन्डारीले सो महोत्सवको उद्धाटन रिवन काटेर गरेका थिए ।

कार्यक्रमको विशिष्ट अतिथि नगरपालिकाका उपमेयर केशवकुमारी खराल, अतिथि वडाध्यक्ष घन्श्याम पनेरु, व्यापार संघका अध्यक्ष सन्तोष साह, ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्की, नेपाली काङ्ग्रेसका नगरसभापति जगर्नाथ मंन्डललगायत व्यक्तिहरु रहेका थिए ।

उपस्थित सबैले रंगेलीमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना भएको हुनाले सबै पक्षको सहयोग र साथ जरुरी रहेको बताएका थिए । सो महोत्सवमा हरेक दिन साँझ ७ बजेदेखि नेपालका ख्यातिप्राप्त गायकहरुको उपस्थित रहने छ भने उनीहरुका गीत–संगीतका साथै मनोरञ्न गराइने भएको छ । महोत्सवमा रोटेपिङ र बालबालिकाहरुका लागि खेलसमेत रहेको आयोजकले जनाएको छ ।

jackson ribon