birat ribon

कमेडी फिल्ममा अभिनय गरेकै कारण एक छात्रा स्कूलबाट निकालिइन् !

Neuro
कमेडी फिल्ममा अभिनय गरेकै कारण एक छात्रा स्कूलबाट निकालिइन् !


सिरहा, असोज १६
लहान नगरपालिका वडा नं ८ स्थित मोडेल एजुकेशन एकेडेमीले एक छात्रालाई कमेडी फिल्ममा अभिनय गरेकै कारण निष्कासित गरेको छ । सोही स्कूलका प्रिन्सिपलले कक्षा १० मा पढ्ने संजना मण्डललाई कमेडी फिल्ममा अभिनय गरेर चरित्रहीन बनेको बताउँदै निष्कासन गरेका हुन् ।

cura insider

प्रिन्सिपल इन्द्रदेव मण्डलले कमेडी फिल्म खेलेकै भरमा आफूलाई निष्कासन गरेको सिराहा नगरपालिका–१८ माडर घर भएकी संजनाले बताइन् । संजनाका अनुसार प्रिन्सिपलले अबदेखि स्कूलमा प्रवेश गरेमा ठिक नहुने चेतावनीसमेत दिएका छन् । उनले आफूलाई प्रिन्सिपलले निकालेपछि दुई दिनदेखि स्कूल नगएको खुलाइन् ।

यसैगरी संजनाकी आमा शितल मण्डलले छोरीको भविष्यप्रति चिन्तित हुँदै एसइई परीक्षा दिन मात्र ६ महिना बाँकी रहँदा विद्यालयबाट निकालेपछि छोरी बिचल्लीमा परेको सुनाइन् । उनले ६ महिना मात्र बाँकी छँदा अन्य स्कूलले पनि भर्ना नलिने बताउँदै आफूलाई छोरीको पढाई बिग्रिने डरले सताएको बताइन् ।

संजनाकी आमाले संजनाका दुई बहिनी र एक भाइ पनि त्यही स्कुलमा पढाउँदै थिइन् तर उनीहरुलाई पनि शौचालय सफा गर्न र खाना पकाउन लगाएपछि अभिभावकले अन्य स्कूलमा भर्ना गराएका कारण प्रिन्सिपल मण्डलले छात्रा संजनालाई विभिन्न बहानामा यातना दिँदै आएका थिए ।

भाइ–बहिनीलाई निकालेकै दिनदेखि प्रिन्सिपलले आफूलाई यातना दिँदै आएका संजनाले बताइन् । यस्तै संजनाकी आमाले छोरा–छोरी निकालेपछि सोही स्कूलमा भर्ना गराउ भन्दै धम्की दिएको बताउँदै आ यदी छोरा–छोरीलाई आफ्नै स्कूलमा फिर्ता नल्याए संजनालाई पनि पढ्न नदिने धम्की प्रिन्सिपलले दिएका थिए । उनले भनिन्, ‘अहिले कमेडी फिल्म खेलेको बहाना गर्दै स्कूलबाट निष्कासन गरेर छोरीको भविष्य बिगार्न खोजियो ।’

यता प्रिन्सिपल मण्डलले गतल काम गरेपछि स्कूलबाट निकालेको दाबी गरे । तर, उनले के गलत काम गरिन् भन्ने उनले खुलाएनन् ।

jackson ribon